Skip to content
LAXMI SUNRISE BANK

कारबाहीमा परेका कांग्रेस नेतालाई चुनावसम्म छुट !

अर्थ सरोकार

रुकुम  – नेपाली कांग्रेस जिल्ला समिति रुकुमले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेर हराउन भूमिका निर्वाह गरेको भनी कारबाहीका लागि सिफारिस गरिएका १० भन्दा बढी नेता कार्यकर्तालाई पुन जिम्मेवारीमा फर्किन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेसले साउन १८ र १९ गतेको बृहत भेला तथा बैठकबाट भएको निर्णय बमोजिम कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा पठाएको निर्णय हाललाई निष्क्रिय गरिएको जानकारी गराएको छ ।
सभापति प्रेमप्रकाश ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस पटकको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कसको योगदान कति रहने भन्ने विषयमा समेत मुल्यांकन गरेर कारबाही अघि बढाउने जनाइएको छ ।
कांग्रेस जिल्ला समितिले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरी असहयोग गरेको भन्दै १९ जना नेता तथा कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गरेको थियो । जसमा राज्य मन्त्री तथा सांसद मिठ्ठु मल्लदेखि जिल्ला समितिका केही पदाधिकारी, क्षेत्रीय सभापति र अन्य गाउँ समितिका नेता कार्यकर्ताहरु कारबाहीको सूचीमा परेका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK