
गोरखा – माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ ।
गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् ।
बानियाँको टाउकोमा गम्भीर चोट लाग्नुको साथै हात पनि धारिलो हतियारले प्रहार गरिएको छ । घटनाप्रति अात्ति जनाउँदै काँग्रेस गोरखाले अाक्रमणकारीलाई कारवाहीको माग गरेको छ । उसले कारवाही नभए अाफूहरुले पनि बदला लिने चेतावनी काँग्रेसले दिएको छ ।
यसअघि गोरखाको भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा दुबै पार्टीका स्थानीय नेता–कार्यकर्ताहरुले आपसमा खुकुरी हानाहान गरेका थिए । आइतबार साँझ भिमसेन–५ बगुवामा भएको झडपमा दुबै खुकुरी र भाला हानाहान आधा दर्जन घाइते भएका थिए ।
दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माकेका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन जना गम्भीर घाइते भएका हुन् । टाउकोमा गम्भीर चोट लागेका उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्