
नेपाल कम्यूनिष्ट पार्टी खोटाङले हलेसी–तुवाचुङ नगरपालिकाका नगर प्रमुख इबन राईको घर–जग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
गुण्डा र पैसाको बलमा चुनाव जितेर देश लुट्न लागि परेका नगर प्रमुख राई दलाल संसदीय व्यवस्थाको मतियार बनेको भन्दै शनिबार राती बिज्ञप्ति टाँसेर नेकपाले उक्त घोषणा गरेको हो ।
साबिकको मंगलटार–ं२ पर्ने हलेसी तुवाचुङ नगरपालिका–६ का नगरप्रमुख राईको नियन्त्रित घर, जग्गा, सम्पत्ति जनताले उपभोग गर्ने कुरा बिज्ञप्तिमा उल्लेख छ । शनिबार राति राईको घरको आँगनमा नेकपाले पार्टीको झन्डा गाडेको छ भने घरको भित्तामा विज्ञप्ति टाँसेको छ ।
‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागिपरेका खोटाङ जिल्ला मंगलटार गाविस वार्ड नं २ निवासी इबन राई दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’ विज्ञप्तीमा उल्लख गरिएकोे छ ।
नेकपाले आसन्न निर्वाचन प्रचार प्रसारमा नहिँड्नसमेत उनलाई सुझाव दिएको छ । राई नेपाली कांग्रेसको क्षेत्रिय सभापति समेत् हुन् ।
बाम गठबन्धनद्धारा पनि पटक–पटक धम्की
यस्तै राईले माओवादी केन्द्र लगाएतका पार्टीहरुले पटक–पटक धम्की दिएको बताएका छन् । ‘अहिले पनि तिनै मानिसहरु प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नहिड्न भन्दै धम्काईरहेका छन् । म आगामी निर्वाचनमा आचासंहिता उल्लघ्न नगर्ने गरि भोट माग्न हिडेको छु ।’ उनले भने
‘बाम गठबन्धनबाट थ्रेट आईरहेको छ, मेयर भएर कांग्रेसलाई जिताउँन नलाग बाम पन्थीहरुको किल्लामा बढी भोट मागेर नहिँड भन्दै धम्काईरहेका छन् । मलाई खतरानक धम्की आइरहेको छ ।’ उनले भने ।
‘म मेयर पद छोडन सक्छु, तर कांग्रेस छाडन् सक्दिन्, म पार्टीको क्षेत्रिय सभापति पनि हो, आगामी निर्वाचनका लागि पार्टीको संगठन प्रमुख पनि हो ।’ यदि मैले आचारसंहित विपरित भोट मागेको भए, तथा नगरपालिकाका सुविधा प्रयोग गरेको प्रमाण भए कारवाही भोग्न तयार छु ।
स्थानीय निर्वाचनमा उक्त नगरपालिकामा एमाललेलाई पछि पार्दै कांग्रेसको प्यानलनै विजयी भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्