
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँमा विभिन्न बैंकहरुका एटिएममा विभिन्न खाले समस्या रहेको व्यापक जन गुनासो आउन थालेको छ । यसअघि हामीले सिभिल बैंकको एटीएममा निकै समस्या देखिएको तथ्य प्रमाणसहित पेश गरेका थियौं । आज हामी पुन: काठमाडौँका विभिन्न स्थानमा रहेका एटिएमहरुको क्रस चेक गर्न हिंडेका छौं । कोटेश्वरस्थित हाम्रो कार्यालयबाट हिंड्दा जहाँ जहाँ जुन जुन एटीएम देखिए, हामीले बुझ्ने प्रयास गर्यौं कुन बैंकको एटीएम कस्तो अवस्थामा छ भनेर ।

कार्यालयबाट निस्किंदै गर्दा देखियो सिटिजन्स बैंकको एटीएम । एटीएम मज्जाले चलेको छ । कुनै समस्या पनि छैन । तर दुइ चार जना लाइन बस्नु पर्यो भने अवस्था बिजोग छ । लाइन बस्ने ठाउँपनि छैन । कोहि भित्र पसेको छ भने बाहिर बाटोमै कुर्नु पर्छ । कहिलेकाहीं यहि कुराले यहाँ झगडा पर्नेसमेत गरेको छ ।
नजिकै ग्लोबल आइएमइ बैंकको एटिएम पनि छ । कोटेश्वरमा राम्रो चलेको एटीएममध्ये एक हो उक्त एटीएम मेसिन । कोटेश्वरमा कुनै पनि बैंकका एटीएम चलेनन भने पनि ग्राहक त्यहाँ जान्छन् । तर अन्डर ग्राउण्ड पार्कीङमा जाने ठाउँमा भएकाले हत्तपत्त बाहिरका मान्छेले त्यो एटीएम मेसिन देख्दैनन् । बाटोमा सेन्चुरी र कुमारीका एटीएमहरु भेटिए । कुमारीको एटीएममा त बिरलै मात्र पैसा आउँछ । कोटेश्वरको सबैभन्दा ‘थर्डक्लास’ एटीएम हो यो । सेन्चुरीको एटीएम राम्रै चलेको छ ।

झट्ट हेर्दा थोत्रो जस्तो देखिने कोटेश्वरस्थित प्रभु बैंकको एटीएम भने राम्रै चल्ने गरेको छ । बेलाबेलामा बन्द हुने यो एटीएमको रोग भन्दा पनि बैंकको आन्तरिक समस्या हो । त्यो कुरालाई छोड्ने हो भने चलेका बेला राम्रो चल्ने एटीएम मध्ये प्रभु बैंकको एटीएम पनि एक हो ।

त्यसपछि तिनकुने गएपछि देखिन्छ जनता बैंकको एटीएम मेसिन । तिनकुने र बानेश्वरमा रहेका जनता बैंकका एटीएम राम्रै चल्ने गरेका छन् । तर पैसा नआउने तर खातामा काटिने यो एटीएमको रोग हो । जसबाट अधिकांस ग्राहक पीडीत छन् । कतिले त यो समस्या थाहा पाएका पनि हुँदैनन् । सबैजसो एटीएममा कहिलेकाहीं पर्ने समस्या हो यो । तर जनताको हकमा यो प्राय परिरहने समस्या हो ।
हुन त नयाँ बानेश्वरमा ठुलो एटीएम लंज छ । यसमा धेरै बैंकका एटीएम छन् । प्राय राम्रै चल्छन् । एउटा नचल्दा अर्को एटीएम प्रयोग गर्न पाइने हुँदा पनि ग्राहकहरुलाई सजिलो छ । तर शनिबार प्राय यो लन्जमा पनि समस्या देखिने गरेको छ । नयाँ बानेश्वर छोडेर हामी पुतलीसडक हानियौं । त्यहाँ वरीपरी धेरै बैंक र तीनका एटीएमहरु छन् ।

वाणिज्य बैंकको एटीएममा अधिकांस समय आधा सटर लाग्ने गरेको छ। यसले त्यो एटीएम खुल्ला हो कि बन्द हो भन्ने नै थाहा हुँदैन ग्राहकहरुलाई ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको एटीएम राम्रो चल्ने एटीएममध्येको एक हो । हामी जाँदा पनि यो एटीएमको अवस्था फर्ष्ट क्लास नै थियो ।
नेपाल विद्युत प्राधिकरणनेर राखिएको यो ज्योति विकास बैंकको एटीएम झट्ट हेर्दा पूरानो पाराको देखिन्छ । एटीएम वरपर कोरीएका सन्देश पनि पूरानै पाराका छन् । तर बटुवाहरु र त्यसमा पनि बसपार्क हिंडेकाहरुलाई सहज बनाएको छ यो एटीएमले ।
नक्कलीहरुको अखडा मानिएको बैंक बैंक अफ काठमाडौँको एटीएमपनि नक्कलीनै जसरी बिग्रेको छ । यो एटीएम प्रयोग गर्ने ग्राहक यति हैरान छन् कि एटीएमबाट पैसा निस्कियो भने पनि युद्ध जितेझैं मान्नुपर्छ ।

नबिल बैंकको एटीएम राम्रा एटीएमहरुमध्येको एक हो । यसको सेवा पनि निकै राम्रो छ ।

ग्लोबल आइएमइ बैंकको एटीएमपनि राम्रो अवस्थामा भेटियो ।

नेपाल बंगलादेश बैंकको एटीएमचाहिं दिवा सेवा जस्तो छ । दिउँसो राम्रो चल्छ । राती परेपछी समस्या देखिन्छ । यो गुनासो यसअघि पनि देखिएको हो । तर गुनासो समाधान भएको छैन ।

सिद्धार्थ बैंकको एटीएम औसत रहेछ। बेला बेलामा बिग्रीरहने यसको रोग हो । तर पनि धेरै ग्राहकले प्रयोग गर्ने एटीएम मध्ये यो पनि हो ।
नेपाल एसबीआइ बैंकको एटीएम राम्रै अवस्थामा भेटिएको छ ।

नाम लक्ष्मी भएपनि यो बैंकको एटीएमबाट लक्ष्मी निस्किने मान्दिनन् । पैसा नआएर कहिले के समस्या कहिले के समस्या हुने एटीएममध्ये यो पनि हो ।
मुक्तिनाथ बिकास बैंकको एटीएमपनि राम्रै अवस्थामा भेटीयो ।

सन्चालक फरार भएको समाचारपछी विवादित बनेको प्राइम बैंकको सेवा पनि धेरै पटक फरार हुने गरेको छ । हामी पुग्दा पनि पैसा नआएर समस्या परेको बताईरहेका थिए त्यहाँका ग्राहक ।
(पहिलो चरणमा हामीले जुन जुन एटीएम देख्यौं, त्यहि त्यहि बारे जानकारी लियौं । अर्को चरणको क्रस चेकमा हामी अन्य एटीएमका अवस्थाबारे प्रस्तुत गर्छौं ।)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्