×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा एमालेका उम्मेदवार चयन, संविधानसभामा सदस्य भईसकेका अष्टलक्ष्मी र स्थापित प्रदेशसभामा

PRIME CA
GLOBAL IME BANK

काठमाडौँमा एमालेका उम्मेदवार चयन, संविधानसभामा सदस्य भईसकेका अष्टलक्ष्मी र स्थापित प्रदेशसभामा

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपा एमालेले काठमाडौंका प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार तय गरेको छ । संविधानसभा सदस्य भइसकेकी अष्टलक्ष्मी शाक्यसँगै रामेश्वर फुयाँल र केशव स्थापित पनि प्रदेशसभा उम्मेदवार भएका छन् ।
एमालेले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बनेका छन् ।त्यस्तै गठबन्धनमा काठमाडौंको १, ६ र १० भने माओवादी केन्द्रको भागमा परेको छ ।
प्रदेशसभातर्फ १ को कमा विष्णुकुमारी भुसाल र खमा गणेश दुलालले टिकट पाएका छन् । २ को कमा सानुकुमार श्रेष्ठ र खमा मणिराम फुयाँल तथा ३ को खमा रामेश्वर फुयाँल उम्मेदवार बनेका छन् । फुयाँल दोस्रो संविधानसभा चुनावमा काठमाडौं ३ बाट निर्वाचित भएका थिए । अहिले प्रदेशमा गएका छन् ।
४ को कमा निर्मल कुइँकेल र खमा कुसुम कार्की, ५ को कमा नारायण सिलवाल र खमा दिपक निरौलाले टिकट पाए । ६ को कमा केशव स्थापित र खमा योगेन्द्र संगौला उम्मेदवार बने । स्थापित काठमाडौं महानगरका पूर्व मेयर हुन् ।
एमालेले काठमाडौं ७ को कमा बसन्त मानन्धर, खमा प्रकाश श्रेष्ठ, ८ का कमा सुरेश शाक्य, खमा अष्टलक्ष्मी शाक्य, ९ को कमा अजयक्रान्ति शाक्य, खमा केशव पोखरेल र १० को खमा रमा आले मगरलाई उम्मेदवार बनाएको छ । प्रदेशसभाको उम्मेदवार बनेकी शाक्य पार्टी उपाध्यक्ष एवं निवर्तमान सांसद समेत हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: