×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश, देउवाले बनाए कमाण्डर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रचण्डका स्वकीय सचिव काँग्रेसमा प्रवेश, देउवाले बनाए कमाण्डर

Artha Sarokar

२१ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – चुनाव नजिकिँदै जाँदा दल परिवर्तनको क्रम पनि जारी छ । ७ नम्बरका विभिन्न जिल्लाहरुमा दल परिवर्तन समाचार आइरहेका छन् । धेरै ठाउँहरुमा नयाँ शक्ति छोडेर एमाले र माकेमा प्रवेश गरिरहेका छन् ।
यसैबीच माओवादी केन्द्रबाट निर्वाचित एक जना जनप्रतिनि नै नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । गन्यापधुरा गाउँपालिकाका वडा अध्यक्ष चेतराज भट्ट सोमबार काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनीसँगै माओवादी केन्द्रका सक्रिय एक दर्जन नेता कार्यकर्तालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले स्वागत गरे । डडेल्धुराबाटै उम्मेदवार बनेका प्रधानमन्त्री देउवालाई जिताउन भन्दै भट्टको नेतृत्वमा माकेका नेताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा भट्ट स्वकीय सचिवालयमा थिए । स्थानीय निर्वाचनमा गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए ।
माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत रहेका भट्टले देउवा जिताउ अभियानको नेतृत्व गर्ने बताए । लामो समयसम्म माओवादी केन्द्रका नेता उम्मेदवार खगराज भट्टको नजिक रहेर काम गर्दै आएका थिए तर चुनावको मुखमा काँग्रेसमा प्रवेश गरे । गन्यापधुरामा राम्रो सम्बन्ध भएका भट्ट काँग्रेसमा प्रवेश गरेपछि माओवादी केन्द्रलाई ठूलै झट्का लागेको छ ।
त्यस्तै भट्टसँगै वाइसिएलका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत, गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी