Skip to content
LAXMI SUNRISE BANK

उम्मेद्वारी दिन गृहजिल्ला गएनन् प्रधानमन्त्री देउवा

अर्थ सरोकार

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक गृह जिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । आजको कान्तिपुरमा खबर छ ।
उनले पूर्व स्वकीय सचिव एवं जिल्लास्तरिय नेता गणेशसप्रसाद पन्तलाई वारेस बनाई जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराएका छन् ।
देउवाको समर्थकमा परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउद र प्रस्तावकमा जिल्ला पार्टी उपसभापति करुणाकर भट्ट छन् ।
सदरमुकास्थित पार्टी कार्यालयबाट जुलुस र झाँकी प्रदर्शन गर्दै कार्यकर्ताले देउवाको उम्मेदवारी दर्ता गराएका थिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK