×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवका कार्यकर्ता मात्र हैन समर्थकलाई पनि देख्नेबित्तिकै समात्न प्रधानमन्त्रीको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विप्लवका कार्यकर्ता मात्र हैन समर्थकलाई पनि देख्नेबित्तिकै समात्न प्रधानमन्त्रीको निर्देशन

Artha Sarokar

२३ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – चुनाव खारेजी अभियानमा जुटेको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले कडा निगरानी बढाएको छ ।
नेकपाले चुनाव खारेज गर्ने नीति लिएपछि गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो । माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई बिनाविभागीय बनाएर प्रधानमन्त्री स्वयंले अहिले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न प्रधानमन्त्रीकै निर्देशनमा प्रहरीलाई सर्कुलर पठाएका हुन्।
‘निर्वाचन बिथोल्ने जोसुकै हुन, तत्काल पक्राउ गरी कारबाही गरिन्छ’, प्रवक्ता नारायणप्रसाद दुवाडीले भने । उक्त निर्देशनपछि प्रहरीले आधा दर्जनबढी नेताकार्यकर्ताहरु गिरफ्तार गरिसकेको छ ।
रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा जिल्ला इन्चार्ज जागृत र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको नेकपा रोल्पाले बताएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सुराकी तथा निर्देशनमा सेक्रेटरी प्रयासलाई गिरफ्तार गरिएको नेकपा रोल्पाले जनाएको छ ।
त्यसैगरी बुधबार नै रुकुमबाट राप्ती ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोट गिरफ्तार गरिएको छ । त्यस्तै कम्युनिष्ट पार्टी पाँचथरका २ जिल्लास्तरीय नेता एलिया नेम्वाङ र डिल्लिराम कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ
फाल्गुनन्द–३ चिलिङदिनका गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल लाई पक्राउ गरेको प्रहरीले स्वीकार गरेको छ । यता स्थानीय चुनाव खारेज गरेको नेकपाले प्रदेश र प्रतिनिधि सभाको चुनाव खारेजीका लागि राजनीतिक अभियान तिब्र पारेको छ ।
अभियान अन्तर्गत नेकपाले प्रदेश र प्रतिनिधि उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने, उम्मेदवारको घरमा कालोझण्डा गाड्ने, शान्तिपुर्ण चेतावनी दिने र जनजागरण अभियान संचालनमा तिब्रता दिएको नेकपाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी