
लोकतान्त्रिक गठवन्धनका तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले, एमाले नेता देवी ज्ञवाली अपहरणमा परेको टिप्पणी गरेका छन् ।
प्रचण्डलाई जिताउन फिल्डमा खटिएका ज्ञावालीलार्इ उनले तिखो व्यंग्य प्रहार गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हँसिलो अनुहार, मिठो भाषण गर्ने ज्ञवाली अहिले जे जे बोल भन्यो त्यही बोलेर हिँडेजस्तो लाग्न थालेको छु, नेता पाण्डे भने, ‘ठ्याक्कै अपहरणमा परेको व्यक्ति जस्तो बन्नुभएको छ ।’
उनले विगतमा ज्ञवालीको संगतको सम्झना कार्यकर्तालाई सुनाउदै यस्तो टिप्पणी गरेका हुन् । पाण्डेले परिवर्तनका लागि आन्दोलन भन्दै हिँडेका माओवादी आजभोलि सत्ताकेन्द्रित राजनीतिमा रमाउन थालेको आरोप समेत लगाए ।
भरतपुर-२२ पटिहानीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी प्रसार प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्मेदवार पाण्डेले आफूले जनताका पक्षमा गरेको कामको जससमेत अहिले बीचमा घुसेको माओवादीले लिन खोजेको गुनासो गरे ।
‘मैले निकुञ्जहुँदै माडी जाने बाटोका रुख हटाएँ, शुल्क मिनाहा गरेँ, ती सबै काम मैले गरेको भनेर माओवादीले प्रचार गरेका छन्’ पाण्डेले भने ।
उनले मतदाता रिझाउन भरपुर प्रयास पनि गरेका थिए । कहिले एमाले त कहिले माअाेवादी केन्द्रकाे कुरा गरेर अाफ्नाे समय सकाका पाण्डेले अन्त्यमा अाफुलार्इ मतदान गरेर जिताउन सबैमा अाग्रह गरे ।
यता प्रचण्डले भने आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गगर्दै आएका छन्। उनले पाण्डेलाई आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै जित सुनिश्चित भैसकेको भन्दै भाषण गर्न थालेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले लाएको योजना र बलियो बन्दै गएको तालमेलदेखि विरोधीहरु तिलमिलाएको बताएका छन् ।
एमाले माओवादी केन्द्रका कार्यकर्ताहरुलाई संयुक्त रुपमा भरतपुरमा सम्वोधन गर्दै उनले अब देश विकास हुने भयो हामी सकिन्छौ भन्दै अत्तालिएको टिप्पणी गरे ।
‘टुट्ने फुट्ने कम्युनिष्टहरु एक भए अब देश विकास हुन्छ भन्दै आतिएर छटपटिदै हाम्रा गतिविधिलाई टेलिस्कोप लगाएर हेरेका छन् । प्रचण्ड र ओलीले के गरेका छन् उनीहरुलाई कसरी कमजोर पार्न सकिन्छ भन्दै योजना बुन्न व्यस्त छन्,’ उनले भने– ‘तर हामी दाजुभाइ जस्तै गरी मिलेर चुनावी गतिविधिमा सहभागी भएपछि अझ आत्तिएर हाम्रा कमजोरीहरु खोज्न थालेको छन् ।’
प्रचण्डले पनि आफ्नो अधिकाँश समय कांग्रेस र नेकपालाई गालि गरेर सके । त्यसपछि उनले आफ्ना र एमालेका कार्यकर्ताहरुको चित्त बुझाउने कोशिस गर्दै अगाडि भने– ‘अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पनि चितवन र झापाको निर्वाचन चर्चामा रहेको छ ।’
‘वाम गठवन्धनले साच्चै चमत्कार देखाउने हुन् त भन्ने उनीहरुमा लागेको छ । दीर्घकालिन विकास गरेर देशलाई आर्थिक सम्वृद्धितर्फ लगे भने हामी के गरेर बस्ने भन्दै रातदिन छटपटाएर बसेका छन् । उनीहरुलाई देश विकास भयो भन्ने चिन्ता छ ।’
मंसिर ५ गतेपछि वन्ने स्थायी सरकारले नेपालमा कायापलट हुने प्रचण्डको दावी थियो । ‘वर्षौदेखि नेपाली जनता उत्पीडन र चित्कारमा बसेका छन्, उनीहरुको मुक्ति गरी समाजवाद ल्याएर आर्थिक सम्वृद्धितर्फ नेपाललाई लैजाने हामीले योजना बनाएका छौ,’ प्रचण्डले भने ।
उनले ठुला कम्युनिष्टहरुको एकताको प्रयास ठुलै मेहनतका बाबजुद आएको भनेर पनि व्याख्या गरे । ‘सानो तिनो प्रयासले भएको होइन । हाम्रा गठवन्धनको नीति तथा कार्यक्रमले गर्दा विरोधीहरु धरमराएका छन् उनीहरुको सातो उडेको छ ।’ उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्