×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिपेन्द्रलाई चोट, बाबुलाई भोट !

PRIME CA
GLOBAL IME BANK

दिपेन्द्रलाई चोट, बाबुलाई भोट !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । चुनावमा देखिएका नयाँ चाखलाग्दा विषय मध्ये देवयानी राणाको प्रचार पनि एक थियो । उनी बाबु पशुपति शमशेर राणाको चुनावी प्रचारका लागि नेपाल आएकी थिइन् । उनले चुनाव प्रचारमा जमेर बाबुलाई भोट मागिन् । सेतो चश्मा आँखामा, टाउकोमा सारीको सप्कोले छोपेकी, अनि नेपाली र हिन्दि भाषाको मिश्रणमा बोल्दै उनले मत मागिन् । यहाँसम्मकी मौन अवधिमा पनि सभा गरी भोट मागेपछि उनलाई बामपन्थी कार्यकर्ताले घेराउसमेत गरेका थिए । तर, उनलाई शक्तिको आडमा काठमाडौं भगाइयो । त्यसो त देवयानी नेपाली राज्यसत्तामा नयाँ नाम होइन । उनको नाम नेपालको इतिहाँसको भयंकर ठूलो घटनासँग जोडिन्छ । उनको प्रेम किस्साले १६ वर्षअघिको दरबार हत्याकाण्डको कारणसम्मलाई छुँदै आएको छ।
देवयानी अहिले भारतमा बस्छिन् । १० वर्षअघि २३ फेब्रुअरी २००७ मा उनको विवाह भारतको सिंग्रउलीका युवराज ऐश्वर्य सिंहसँग भएको थियो । नयाँ दिल्लिमा यो विवाह भएको थियो । विवाहका कयौं वर्ष देवयानी यसरी सार्वजनिक कार्यक्रम र मिडियामा उदाएकी थिइनन् । कारण थियो, स्व. युवराज दिपेन्द्रसँगको प्रेमबारे जोडिएका अनेक प्रश्नको उत्तर दिनुपर्ने बाध्यता । तर, प्रतिनिधि सभाको चुनावमा बाबुका लागि उनले पनि नखटि भएन । उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर– २ स्थित इन्द्रावती गाउँपालिकाको खुदुमे डाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूले महिलाको हकमा काम गर्ने प्रतिबद्धता जनाउँदै बुवालाई जिताउन अनुरोध गरेकी थिइन् । सिन्धुपाल्चोकमा २ वटा संविधानसभाका निर्वाचनमा पशुपति शमशेरले जीत निकाल्न सकेका थिएनन् । त्यहाँ मतदान सकिएको छ । परिणाम आउन बाँकी छ । 
तत्कालिन राप्रपाको दोलखा जिल्ला समिति अन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएपछि उनको राजनीतिक सक्रियता बढेको हो । भारतमा पनि शाही पृष्ठभुमी र राजनीतिक परिवारमा विवाह गरेकी उनले नेपाली राजनीतिलाई चुन्ने पक्का भएको छ । बाबुको विरासत थाम्नका लागि देवयानी नेपाल आएकी हुन् ।

दिपेन्द्रसँगको के थियो चर्चा ?
युवराज दिपेन्द्र खबर नगरी महाराजगञ्जमा रहेको देवयानीको निवासमा आउने गर्दथे । युवराजको सवारी देवयानीसँगको प्रेमलापका लागि हुने गर्दथ्यो, जुनबेला पशुपति घरबाहिर निस्कन बाध्य हुने गर्दथे । सेनाको लामालस्करबीच पुग्ने युवराज दिपेन्द्र र देवयानीको प्रेम स्कुलदेखि नै रहेको चर्चा थियो । जानकारहरूका अनुसार दिपेन्द्र र देवयानीको भेट बेलायतमा सन् १९८७ देखि १९९०को बीचमा कलेज समयमा भएको थियो । त्यसबेला देवयानी पनि बेलायतमा कलेज पढ्थिन् । देवयानी र दिपेन्द्रको पहिलो भेट नै बेगको नोरफोकको घरमा भएको थियो । सोही समयमा अचानक दिपेन्द्र देवयानीको प्रेममा परेको र विवाहका लागि सोधेको बताइन्छ ।
दिपेन्द्रकी आमा वडामहारानी ऐश्वर्य राज्यलक्ष्मी शाहले दुवैको विवाहका लागि विशेष पहल गरेकी थिइन् ।
३० जुलाई २००१ मा प्रकाशित भएको न्युयोर्करको आलेखका अनुसार दिपेन्द्रका बाबुआमाले देवयानीलाई विवाहका लागि जोड गर्नुको कारण दुवै शाही परिवारका भएका कराणले थियो । देवयानीले उक्त विवाहका लागि मञ्जुर नगरेका कारणले दिपेन्द्र पागलजस्तो बनेका थिए । यो चर्चा चलेको केही समयपछि नै दरबार हत्याकाण्ड भयो । त्यसपछि खुलाइएका तथ्यहरूमा दिपेन्द्रलाई दोषी ठहर गरियो जहाँ देवयानीको नाम जोडिएर चर्चा हुने गरेको छ ।
देवयानीसँग अथाह प्रेममा रहेका दिपेन्द्र प्रेम प्राप्तिमा असफल भएपछि ‘शिखर चुरोट’मा कालो पदार्थ खाएपछि पागलजस्तो बनेर जताततै गोली प्रहार गरी दरबार हत्याकाण्डको कालो इतिहाँस कायम गर्ने युवाराज ठहर गरिए । जो नेपालका लागि २ दिनको राजा घोषित पनि भएका थिए । तर, देवयानीले यस विषयमा आफ्नो कुनै पनि टिप्पणी राखेकी थिइनन् । बरू, दरबार हत्याकाण्डको समयमा उनी गुपचुप भारतमा रहेको मामाघरतिर पठाइयो र दरबार हत्याकाण्डको एउटा सनसरी टिप्पणीमाथि रोक लगाइएको थियो । पारिवारिक स्रोतका अनुसार नयाँदिल्लीस्थित युएनडिपीमा जागिरे रहेकी उनको पछिल्लो समय श्रीमान्सँग सम्बन्ध सुमधुर नरहेको चर्चा परिवारमाझ छ । उनी नयाँदिल्लीमा बस्दै आएकी छिन् । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: