
धादिङ – धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ३४ जनाको आत्माको चिरशान्तिको लागि तेर्हौ पुण्य तिथिको दिन घटनास्थलमा स्वस्ती शान्ति मन्त्र बाचन, शान्तिहोम, मौनधारण तथा दीप प्रज्वलन गरिएको छ ।
गत कार्तिक ११ गते शनिबार सप्तरीबाट काठमाडौँ आउँदै गरेको सन्देश ट्राभल्सको यात्रुबाहक ना ६ ख १४६७ नम्बरको रात्री बस धादिङको घाटबेशी नजिक बिहान साढे पाँच बजे बाङ्गेमोडबाट करिब ५० मिटर तल त्रिशूली नदिमा खसेर दुर्घटना भएको थियो ।
पृथ्वी राजमार्ग तथा लोकमार्ग आसपासका युवाहरुको समुहले स्वस्ती मन्त्र बाचन तथा दीप प्रज्वलन आयोजना गरेको हो।
आयोजक युवाहरुले राजमार्ग सुधार गर्नु पर्ने, राजमार्ग छेउका पर्खाल र जालीहरु मर्मत गरिनु पर्ने, नालीसफा हुनु पर्ने, घुम्तीमोडहरुमा ऐना राखिनु पर्ने, विभिन्न स्थानमा चालक रिफ्रेसर सेन्टरहरुको स्थापना गरिनु पर्नेलगायत माग राखेका थिए ।
उद्दारकार्यमा खटिएका रेड्क्रस धादिङका नारायण कुमार श्रेष्ठले आयोजकको तर्फबाट बोल्दै त्यसदिनलाई सम्झदै आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन सम्बन्ति सबै निकायलाई गम्भीर हुन अनुरोध गरेका छन् ।

उक्त कार्यक्रममा मलेखु भद्रकाली गुरुकुलका बटुकहरुले स्वस्ती शान्ती मन्त्र बाचन गरेका थिए । उक्त घटनामा एकै परिवारका ८ सहित ३४ जनाको ज्यान गएको थियो भने १६ जनाको जिवितै उद्धार गरिएको थियो ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा उपस्थितश्री वैरेनीस्थित ६ नम्बर बाहिनी पति सहायक रथी सुदर्शन बिक्रम राणा, देबिदत्त गणाका गणपती भरत बुढाथोकी ,जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रामबहादुर केसी , ई प्र का गजुरीका प्रमुख सन्जय तिमल्सिना, ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटा, सशस्त्र प्रहरी बल नेपाल राजमार्ग सुरक्षा बेशगण आदमघाटका कार्यालय प्रमुख जनक सापकोटा, गजुरी सामुदायिक बिकास समाजको उपस्थिति थियाे ।

त्यस्तै भद्रकाली सामुदायिक बिकास समाज मलेखु, नेपाल रेड्क्रस सोसाइटी धादिङ, भद्रकाली आमासमुह, रामभजन मंडली भद्रकाली, गुरुकुल भद्रकाली मन्दिर, भद्रकाली बाल क्लब, इग्निस फूटबल युबा क्लब, त्रिशूली बचाउ महाअभियान, प्राकृतिक सम्पदा संरक्षण समिती, प्रकृति मानव जनभियान नेपाल, लायन्स क्लब मलेखु, बैरेनी युबा समूह, आदमघाट युबा समूह, विभिन्न संचार माध्यमका पत्रकार ज्युहरु लगायत धादिङ्बेशी शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्