×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्यास उद्योगलाई लक्षित गरी पृथ्वीराजमार्गमा सकेट बम भेटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्यास उद्योगलाई लक्षित गरी पृथ्वीराजमार्गमा सकेट बम भेटियो

८ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

धादिङ – पृथ्वीराजमार्गको दुई ठाउँमा शुक्रबार बिहान सकेट बम फेला परेको छ । राजमार्ग छेउका दुई ठाउँमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बम राखेको प्रहरीको आशंका छ ।
गजुरी गाउँपालिका वडा नं। ५ घाटबेसीस्थित पृथ्वीराजमार्ग छेउमा रखेको सकेट बम गजुरी स्थित नेपाली सेनाले डिस्पोज गरेको छ । सकेटबम मन्दिर नजिकै राखेको थियो ।
यस्तै गल्छी गाउँपालिका वडा नं. ६ स्थित पृथ्वीराजमार्ग छेउ नमस्ते ग्यास उद्योगलाई लक्षित गरेर राखिएको सकेट बम बैरेनी स्थित सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
ग्यास उद्योगलाई लक्षित गरेर राखेको बम कामदारले नचिनेर बाहिर बोकेर लाँदै गर्दा जानकारी पाएपछि छाडेर भागेका थिए । राजमार्ग क्षेत्रमा केही दिनदेखि बम राखिएका कारण सुरक्षा चुनौती थपिएको छ । चुनावको मिति नजिकिएसँगै जिल्लाको विभिन्न स्थानमा सकेट बम राखेर जनजीवन त्रसित पारेको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी