
प्रचण्डको चुनावी कार्यक्रममा एक पुराना कम्युनिष्ट नेताले माओवादीका अर्का पुराना नेता अमिक शेरचनमाथि आक्रमण गरेका छन्।
४८ बर्षअघीको एक लेनदेनको प्रसङगमा गुरुङले शेरचनलाई आक्रमण गरेका हुन् ।चनौली निवासी पुराना कम्युनिस्ट नेता धनकाजी गुरुङले शेरचनलाई प्रचण्डकै सामुन्ने कठालो समातेर घोक्र्याएका हुन् । अनौठो त के छ भने एउटा कम्युनिष्ट नेताले अर्को कम्युनिष्ट नेतामाथि यसप्रकारको आक्रमण गर्दा पनि प्रचण्ड मुकदर्शक बनिरहे ।
२०२६ सालमा ‘इन्टरनेशनल पब्लिकेशन प्रा.लि.’ खोल्नका लागि शेरचनले गुरुङबाट २० हजार रुपैयाँ नगद लिएको र संस्था पनि नखोल्ने, रकम पनि फिर्ता नगर्ने भनेपछि पटक–पटक आफ्नो रकम फिर्ता गर्न दबाव दिंदै आएका थिए । समस्या सामाधानका लागि माअेावदी नेता बादलसम्म उजुरी पुगेको पनि कुनै सुनुवाइ भएकाे थिएन ।
शेरचनले भेट्नसम्म नमानेको कारण चुनावको अवसरमा चनौली आएको बेला समात्न बाध्य भएको गुरुङले बताएका छन् । सोमबमार विहान १० बजे सो घटना भएपछि गुरुङलाई चनौली प्रहरीले पक्राउ गरेको थियो । तर माओवादी अध्यक्ष प्रचण्डले चुनावको मुखैमा यो घटना बाहिर आएपछि पार्टीको बेइज्जत हुने भन्दै घटना गुपचुप राख्न खोजे । सो सम्बन्धमा चितवनका डीएसपी शिव शर्मा आचार्यले शेरचनमाथि आक्रमण र पक्राउको घटना नभएको बताएका छन् । गुरुङलाई पक्राउ पुर्जी नदिएको र बदनाम हुने डरले घटना गुपचुप राख्न खोजेको पीडित गुरुङले बताएका छन् ।
प्रहरी चौकीमा गुरुङलाई भेट्न स्थानीय माके नेताहरु शारदानगरका सुरेन्द्र गुरुङ र दिव्यनगरका ज्ञानप्रसाद पुगेका थिए । घटनापछि चितवन बामगठबन्धनका संयोजकसमेत रहेका शेरचन ‘मुडअफ’ भएको भन्दै सभामा बोल्नसमेत सकेका थिएनन् ।
चुनाव प्रचारप्रसारका लागि प्रचण्ड चितवन पुगेका बेला घटना घटेका कारण कार्यकर्ताहरुलाई यस बिषयमा मुक्ज नखोल्न कडा चेतावनी दिइएको माओवादी केन्द्र स्रोतले बतायो । एमालेसँगको गठबन्धनमा समेत यस्ता घटनाले असर पर्ने भन्दै प्रचण्डले घटना गुपचुप राख्न खोजेका हुन् । तर पार्टीभित्र भित्रै नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउदै आएका छन् । चुनाव सकेपछि यस बिषय थप छलफल हुनुपर्ने उनीहरुको माग छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्