
सिन्धुपाल्चोक – २०५८ को दरबार हत्याकाण्डपछि तत्कालीन युवराजधिराज दीपेन्द्रको प्रेमिका भनेर अत्याधिक चर्चामा आएकी राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिसमशेर राणाकी छोरी देवयानी राणालाई पनि यतिबेला चुनाव लागेको छ। सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका आफ्ना पिताको प्रचारप्रसार तथा घरदैलो अभियानमा देवयानी पनि संगसंगै मैदानमै छिन्।
पिताको प्रचारप्रसारमा रहेकी देवयानीले इन्द्रावती गाउँपालिकाको एउटा चुनावी सभामा आफ्ना पितालाई भोट मागिन्। बोल्ने क्रममा उनी धेरै पटक चिप्लिन पुगिन् । कांग्रेस संगको लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपा प्रजातान्त्रिकको चुनावी अभियानमा उनले कांग्रेस सभापति शेरबहादुर देउवाकै आलोचना गर्न पनि पछि परिनन्। आफ्नो भाषणको बीचतिर पुगेपछि उनले भूकम्पको प्रसङ्ग उप्काएकी थिइन्। भूकम्पका बेला सिन्धुपाल्चोकका आफू र पिता पशुपति शमशेरले बाहेक अरुले केही गर्न नसकेको दावी गर्दै देवयानीले भनिन्, ‘त्यत्रो ठूलो प्रकोप भयो देशमा । अरु नेताहरुले केही गरेनन्, शेरबहादुर देउवाले पनि केही गर्नु भएन।’
त्यसपछि उनले भूकम्पको दौरानमा आफूहरुले गरेको योगदान र सहयोगको चर्चा गर्न थालिन् । आफ्ना बाबुछोरी नयाँदिल्लीमा भए तापनि उहीँ रहेर सिन्धुपाल्चोकका भूकम्प पीडितहरुलाई राहत सामाग्रीहरु उपलब्ध गराएको चर्चा गरिन्। त्यसपछि देवयानीले बाबु पशुपति शमशेर राणाका लागि भोट मागिन्। तर राणा कुन पार्टीबाट उम्मेदवार बनेका हुन्, त्यो भन्ने क्रममा पनि उनी चुकिन्। राणा यतिबेला राप्रपा ((प्रजातान्त्रिक) का अध्यक्ष हुन्। तर, उनले राप्रपा (प्रजातान्त्रिक) भनिनन्, राप्रपाका लागि भोट मागिन्।
‘सिन्धुपाल्चोकलाई सबैभन्दा बढि कुन नेताले गर्या’ छ, त्यो सोच्नुस्’ उनले बाबु पशुपति शमशेर राणाका लागिमात्र भोट मागेपछि भनिन्, ‘समानुपातिक सिटका लागि पनि राप्रपालाई नै भोट दिनुहोला।’ – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्