
दोलखा – दोलखा जिल्लाको जामुनेमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले एउटा मतदान केन्द्र नै कब्जा गर्ने प्रयास गरेका छन् ।मतदान केन्द्र नै कब्जा गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको छ । बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ ।
नेवि संघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको आएको समूहले दोलखाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्र कब्जा गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको छ भने मतदान स्थगित भएको छ । अहिले पनि सुरक्षाकर्मीबीच झडप भइहरेको बताइएको छ ।
मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन धौधौ भइरहेको छ । थप सुरक्षा फोर्स मगाइएपनि अहिलेसम्म पुग्न सकेको छैन । नेपाली काँग्रेसका कार्यकर्ताहरुले माथिबाट ढुंगामुढा प्रहार गर्नुको साथै गुलेली ढुंगा प्रहार गरिरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्