
काठमाडौँ – डा. गोविन्द केसीको माग अनुसार मन्त्रिपरिषद्ले पारित गरेको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ।
मन्त्रिपरिषदले पठाएको अध्यादेश १८ दिनदेखि राष्ट्रपति कार्यलयमा अड्किएको थियो। डा. गोविन्द केसीले चार दिन अघि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै एक साता भित्र विधेयक पास नगरे आन्दोलन गर्ने बताएका थिए।पत्रकार सम्मलेन गरेको भोलिपल्टै डा केसी सहितको टोलीले चिकित्सा शिक्षा अध्यादेश पारित नभएको विषयमा राष्ट्रपति, प्रधानमन्त्री र शिक्षा मन्त्रालयमा समेत ध्यानाकर्षण गराएको थियो।
डा. केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, डा तोषिमा कार्की, डा अभिशेकराज सिंह र कलाकार रविन्द्रसिंह बानियाँले राष्ट्रपति कार्यालयबाट अध्यादेशको बारेमा केही सूचना बाहिर नआएपछि सूचना माग गर्दै निवेदन दर्ता गराएका थिए। बिहीबार डा केसीको टोली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री देउवाले आफूले दुई दिन अगाडिमात्र भेटेर कुरा गरेको बताउँदै भनेका थिए, ‘राष्ट्रपतिले अध्यादेश रोक्न पाउनुहुन्न। म फेरि कुरा गर्छु।’
चिकित्सा शिक्षा अध्यादेश आजकै मितिबाट कार्यन्वयनमा आउनेछ। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्