Skip to content
LAXMI SUNRISE BANK

रक्षामन्त्री भन्छन्, ‘निर्वाचन बिथोल्ने दुई हजारको लिस्ट तयार छ, खोजी खोजी कार्वाही गर्छौं’

अर्थ सरोकार

रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेकपाका दुई हजारजनालाई सरकारले पहिचान गरेर विशेष निगरानी गरिरहेको बताएका छन् । तीमध्ये पाँच सय पक्राउ परेको उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।
प्रधानले निर्वाचन बिथोल्न सक्रिय व्यक्तिको भागाभाग भएको र त्रासले अर्धभूमिगत भएको भन्दै ढुक्कसँग मतदान गर्न आग्रह गरे । ‘अब कसैले चाहेर पनिनिर्वाचन बिथोल्न, केही गर्न सक्ने अवस्था छैन, करिब पाँच सयजनालाई गिरफ्तार गरिसकिएको छ, धेरैको भागाभाग भइरहेको छ,’ रक्षामन्त्री प्रधानले भने ।
‘हिंसात्मक घटनामा विप्लवको पार्टी’
रक्षामन्त्रीले चुनावअघि देशका विभिन्न भागमा भएका हिंसात्मक घटनामा विप्लव नेतृत्वको नेकपाका कार्यकता संलग्न भएको जिकिर गरे । तर, बम र विद्युतीय धराप विस्फोटका घटनाबारे नेकपाले हालसम्म जिम्मेवारी लिएको छैन ।
‘निर्वाचनविरोधी गतिविधिमा विप्लव समूहले बम आतंक मच्चाएको छ, निर्वाचन बिथोल्न खोज्ने विप्लव समूहका नेताहरूलाई सुरक्षा संयन्त्रले अहिले व्यापक खोजिगरिरहेको छ,’ रक्षामन्त्री प्रधानले भने, ‘तर उनीहरूका सामान्य घटनाले निर्वाचनलाई असर गर्दैन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुन्छ, सुरक्षा व्यवस्था भइसकेको छ ।’
सरकारले नेकपासँग वार्ता नगर्ने पनि मन्त्री प्रधानको भनाइ थियो । ‘चुनावको मुखमा हामी उहाँहरूसँग वार्ता गर्दैनौँ, तर, हामी हिट एन्ड रनको पक्षमा छैनौँ, यदि विप्लव समूह वार्तामा आयो भने हामी कुरा सुन्न तयार छौँ,’ प्रधानले भने । तर, संविधान ल्याउन विप्लव नेतृत्वको पार्टीको पनि भूमिका भएको भन्दै प्रधानले प्रशंसासमेत गरे।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK