
दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन् ।
०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा ‘लोकतान्त्रिक गठबन्धन’ बाट र ओली वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका हुन् । मुलुकको भावी नेतृत्व ‘झापा कि डडेल्धुरा’ भन्ने अड्कलबीच दोस्रो चरणको निर्वाचनमा झापा ५ र डडेल्धुरा सबैको चासोको विषय बनेको छ ।
दोस्रो संविधानसभाबाट तेस्रो दल भए पनि ‘निर्णायक’ भूमिकामा रहेको माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेपछि त्यसका अध्यक्ष पुष्पकमल दाहालको चुनाव क्षेत्र चितवन ३ पनि चर्चा र चासोमा छ । अध्यक्ष दाहालका लागि चितवन नयाँ चुनावी क्षेत्र हो ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव नेपाल काठमाडौं २ बाट उठेका छन् । पहिलो संविधानसभामा पराजित भए पनि दोस्रो संविधानसभामा सोही क्षेत्रबाट जितेका उनले फेरि काठमाडौं २ नै रोजेका हुन् । विगतमा रौतहटबाट चुनाव लड्ने गरे पनि हालै सम्पन्न स्थानीय तह निर्वाचनमा विपक्षमा परिणाम आएपछि नेपाल काठमाडौं २ रोज्न बाध्य भएका थिए ।
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १ बाट प्रतिस्पर्धामा उत्रेका छन् । तत्कालीन संविधानसभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ भने इलाम २ बाट चुनावी मैदानमा छन् ।
दोस्रो चरण निर्वाचनमा देउवाको क्षेत्र डडेल्धुरा, ओलीको क्षेत्र झापा ५ र दाहालको क्षेत्र चितवन ३ मा सर्वाधिक चासो ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उठेका छन् । कांग्रेसकै महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट चुनाव लड्दै छन् । एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १, उपाध्यक्ष भीम रावल अछाम १, महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट उम्मेदवार बनेका छन्।
कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा ३ बाट मैदानमा उत्रेका छन् । युवा नेता गगन थापा काठमाडौं ४ र विश्वप्रकाश शर्मा झापा १ बाट चुनाव लड्ने भएका छन् । कांग्रेसका थापासँग एमालेका युवा नेता डा. राजन भट्टराई र शर्मासँग माओवादी केन्द्रका राम कार्की प्रतिस्पर्धामा छन् । सिटौलाको क्षेत्र सुरुमा राप्रपाका राजेन्द्र लिङदेनलाई छाड्ने भनिए पनि आफैँले उठ्न अडान लिएपछि सिटौला र लिङदेनबीच त्यस क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । लिङदेनलाई वाम गठबन्धनको पनि समर्थन छ ।
प्रधानमन्त्रीपत्नी डा.आरजु राणा कैलाली ५ बाट चुनाव लड्दै छिन् । कांग्रेसकै विमलेन्द्र निधि धनुषा ३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य बालकृष्ण खाँण, पद्मनारायण चौधरी, सुजाता कोइराला, चित्रलेखा यादवलगायत नेता भने समानुपातिकमा समेटिएका छन् ।
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङ २ बाट चुनावमा उठेका छन् । एमालेका शंकर पोखरेल प्रदेशसभामा उठ्ने भएपछि महरा वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन् । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेता पहिलो चरणको निर्वाचनमै उम्मेदवार बनिसकेका छन् । चितवन २ मा माओवादी केन्द्रका नेता रामबहादुर थापाले दाबी गरे पनि उक्त क्षेत्रमा गठबन्धनका तर्फबाट एमालेका कृष्णभक्त पोखरेल उम्मेदवार बनेका छन् ।
थापालाई काठमाडौं १० मा उम्मेदवार बनाउने चर्चा चलाइए पनि थापाले नमानेको बताइन्छ । काठमाडौं १० मा माओवादी केन्द्रले हितमान शाक्यलाई उम्मेदवार बनाउने भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे भक्तपुर १ बाट चुनावी मैदानमा छन् ।
शीर्ष नेता को कहाँ ?
एमाले
केपी ओली झापा ५
माधव नेपाल काठमाडौं २
झलनाथ खनाल इलाम १
वामदेव गौतम बर्दिया १
भीम रावल अछाम १
सुवास नेम्वाङ इलाम २
ईश्वर पोखरेल काठमाडौं ५
विष्णु पौडेल रुपन्देही
सुरेन्द्र पाण्डे चितवन १
कांग्रेस
शेरबहादुर देउवा डडेल्धुरा
रामचन्द्र पौडेल तनहुँ १
विमलेन्द्र निधि धनुषा ३
प्रकाशमान सिंह काठमाडौं १
कृष्णप्रसाद सिटौला झापा ३
शशांक कोइराला नवलपरासी १
गगन थापा काठमाडौं ४
रमेश लेखक कञ्चनपुर ३
एनपी साउद कञ्चनपुर २
माओवादी केन्द्र
पुष्पकमल दाहाल चितवन ३
कृष्णबहादुर महरा दाङ २
गिरिराजमणि पोखरेल महोत्तरी १
राम कार्की झापा १
काठमाडौंमा वाम गठबन्धनका उम्मेदवार
१ अनिल शर्मा (माओवादी केन्द्र)
२ माधव नेपाल (एमाले)
३ कृष्ण राई (एमाले)
४ डा. राजन भट्टराई (एमाले)
५ ईश्वर पोखरेल (एमाले)
६ झक्कु सुवेदी (माओवादी)
७ रामवीर मानन्धर (एमाले)
८ उमेश स्थापित (माओवादी)
९ कृष्णगोपाल श्रेष्ठ (एमाले)
१० हितमान शाक्य (माओवादी)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्