×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : यस्तो छ मेगा बैंक विरुद्ध परेको रिट र उच्च अदालतको आदेश ! के होला विशेष साधारणसभा ?

PRIME CA

EXCLUSIVE : यस्तो छ मेगा बैंक विरुद्ध परेको रिट र उच्च अदालतको आदेश ! के होला विशेष साधारणसभा ?

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ अरोकार सम्बाददाता 
काठमाडौँ- मेगा बैंक विरुद्ध मेगाका एक सेयर होल्डरले हालेको रिट र अदालतले गरेको फैसलाको कपि अर्थ सरोकार डटकमले फेला पारेको छ । रिटमा मेगा बैंक लिमिटेडको विशेष साधारण सभा रोक्न लगायतका मागसहितको निषेधाज्ञाको माग गरिएको छ । उच्च अदालत पाटनले विपक्षी मेगा बैंकका नाममा आदेश जारी गरेको छ ।

अदालतको आदेशसँगै टुरिजम डेभलोपमेन्ट बैंकसँग मर्जरमा जान सोमबार अर्थात मङ्सिर ४ गते बोलाइएको मेगाको विशेष साधारणसभा अझै अन्यौलमा परेको छ । मेगाका ३ सेयरधनीले अदालतमा तत्काल मेगाको विशेष साधारणसभा रोक्न माग गर्दै अदालतमा रिट हालेका थिए । सोहि उपर बहस गर्न सोमबार विहान १० :३० बजे अदालतले मेगाका संचालकलाई बोलाएको छ । यसका कारण मेगाको विशेष साधारण सभा अन्यौलमा परेको हो। 
रिटमा मेगाका संचालक अयोग्य भएको देखि संचालक समिति नै अवैध भएको सम्म आरोप लगाइएको छ । यस विषयमा भोलि विहान १०:३० बजे अदालतमा बहस हुने देखिएको छ । मर्जरको विपक्षमा हुने लगानीकर्ताहरु भोलिको विशेष साधारणसभामा नजाने तयारीमा छन् । ठूलो हिस्सा ओगटेका मर्जरको विपक्षमा रहेका लगानीकर्ताहरु विशेष साधारण सभा नपुगेको खण्डमा ५१ प्रतिशत प्रोक्सी पुग्ने छैन । ५१ प्रतिशत प्रोक्सी नपुगेको खण्डमा विशेष साधारण सभा सुरु नै हुने छैन । मेगाभित्रको एउटा ठुलो गुट मर्जर नगराउने पक्षमा रहेको देखिन्छ ।  यस्तै विविध कारणले भोलिको विशेष साधारण सभा नहुने निश्चित प्राय भएको जानकारहरु बताउँछन् । यद्यपी मेगाको विशेष साधारणसभा भएको खण्डमा भने मेगा र टुरिजम मर्जमा जानेछन् ।

हेरौं मेगा बैंक विरुद्ध हालिएको रिट र अदालतको आदेश जस्ताको त्यस्तै :   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: