
काठमाडौं – प्रहरीले नक्कली सर्टिफिकेटहरु बनाउने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिहरुमा सिन्धुलीका ३५ वर्षीय रुद्र ब. मोक्तान, ताप्लेजुङका ३८ वर्षीय भुवानी प्रसाद भट्टराई, कालिकोटका २६ वर्षीय विशाल जंग शाही, कालिकोटकै २४ वर्षीय सुरेश ब. शाही, सुनसरीका ३२ वर्षीय अभय पोख्रेल, काठमाडौंका ३३ वर्षीय अनिल श्रेष्ठ, काभ्रेका ३० वर्षीय देवराज तामाङ र काठमाडौं मनमैजुका ३७ वर्षीय सन्तोष कुमार तिवारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले डीभी परेका व्यक्तिहरुबाट नगद रकम लिई सरकारी छाप दस्तखत कीर्ते गरी प्लस २ को माइग्रेसन सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, राष्ट्रिय परीक्षा बोर्डको ट्रान्सक्रिप्ट सर्टिफिकेटहरु नक्कली बनाएर बेच्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई काठमाडौंको विभिन्न स्थानहरुबाट पक्राउ गरी नक्कली सर्टिफिकेटहरु समेत बरामद गरेको छ । रुद्र बहादुर मोक्तानलाई सन् २०१७ को लागि अमेरिकन ईडीभी चिठ्ठा परेको थियो । उनीसँग १० प्लस २ को सर्टिफिकेट नभएकोले सर्टिफिकेट बनाइदिन उनले देवराज तामाङलाई सम्पर्क गरे ।
देवराज योञ्जन तामाङले सर्टिफिकेट बनाइदिन्छु भनी रुद्र बहादुर मोक्तानसँग तीन लाख ५० हजार रुपैयाँ लिए । अनि देवराज योञ्जनले सेक्युरेट लाइफ कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठलाई सर्टिफिकेट बनाउनको लागि ४५ हजार रुपैयाँ दिए । फेरि अनिल श्रेष्ठले ३० हजारमा सत्य विनायक कम्युनिकेसन सञ्चालक विशाल जंग शाहीलाई सर्टिफिकेट बनाउनको लागि दिएको प्रहरीले जनाएको छ । त्यस्तै बिशाल जंग शाहीले पनि १२ हजारमा सुरेश शाहीलाई सर्टिफिकेट बनाउन दिएका थिए । सुरेश शाहीले ५५ सयमा कृष्ण अछामीसँग सर्टिफिकेट बनाई बिशाल जंग शाहीमार्फत रुद्र बहादुर मोक्तानसम्म सर्टिफिकेट पु-याएका थिए ।
त्यस्तै भुवानी प्रसाद भट्टराईलाई सन् २०१८ को लागि ईडीभी चिठ्ठा प¥यो । उनीसँग पनि १० प्लस २ को सर्टिफिकेट थिएन । उनले पनि सर्टिफिकेट बनाउनको लागि सन्तोष तिवारीसँग सम्पर्क गरे । सन्तोष तिवारीले नक्कली सर्टिफिकेट बनाउनको लागि भुवानी प्रसाद भट्टराई र अभय पोख्रेलको भेट गराई ९० हजारमा सर्टिफिकेट बनाउनको लागि डिल भई सर्टिफिकेट बनाएर भुवानी प्रसादलाई दिएका थिए । उनीहरुलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्ते मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरीपरिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै भिजिट भिसामा कोरियामा रोजगारीको लागि पठाउन जिल्ला दोलखा मिर्गे २ का विजय कुमार तामाङलगायत आठ जना व्यक्तिहरुको विभिन्न बैंकहरुको किर्ते बैंक स्टेटमेण्ट बनाउन लगाई भिसाको लागि कोरियन दूतावासमा पेस गरी ठगी गर्ने कार्यमा संलग्न बाबु भण्डारी, दिवाकर बाबु भट्टराई, महेश पाण्डे, पदमराज पाठक, मनोज चौधरी समेत पाँच जनालाई ठगी मुद्दामा पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । साथै यसै समूहले नै विभिन्न राजनैतिक दलका शीर्ष नेताहरु विदेश जाने समयमा आफ्ना केही व्यक्तिलाई डेलिगेड्स बनाई सँगै युएसएलगायत अन्य देशहरुमा पठाउने र विदेश पठाएपश्चात् लुकाई राखी प्रतिव्यक्ति १० लाखसम्म रकम असुल्ने गरेको समेत खुल्न आएकोले यसतर्फ समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । – आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्