
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले चुनावको मुखैमा आएर विपक्षीहरुले आफ्ना बिरुद्ध नियोजित रुपमा अफवाह फैलाएको आरोप लगाएका छन् ।
क्षेत्र नम्बर ४ को चुनावी अभियानको प्रारम्भ गर्न चावहिलमा आयोजित एक कार्यक्रममा उनले आफूलाई बदनाम गराउन विपक्षी दलका उम्मेदवारले आफ्नो बारेमा झुटो कुरा फैलाएको दावी गरे ।
उनले २ महिनामा काठमाडौंलार्इ कायापलट गरिदिने नत्र राजीनामा दिने बताएको दावी गरिएका समाचार प्रकाशन भएपछि त्यसको खण्डन गर्दै नेता थापाले चर्को बिरोध पनि गरे ।
‘मैले जब-जब कुनै नयाँ काम गर्न खोज्छु, नियोजित ढंगबाट संगठित ढंगबाट चारतिरबाट, चौतर्फीरुपमा आक्रमणहरु सुरु हुन्छ ।’ उनले भने,-‘ केहि दिन अगाडी म उम्मेद्वार हुने भन्ने कुरा चल्नासाथै गगन थापा नेपालको सबैभन्दा ठुलाे कृषक भनेर , १४ कराेड रूपैया लिएर खायाे भनेर लामाे हल्लासल्ला गरेपछि मैले हल्ला गर्ने साथीलार्इ विराटनगरबाट उठाएर ल्याएर उठबस गराएर अस्ति भर्खैर प्रहरीबाट छुटाएर पठाए ।’
आफ्ना बिरुद्ध अफवाह फैलाउनेलाई थापाले कारवाही समेत दिलाईसकेको बताए । काठमाडौंका मेयर बिद्यासुन्दर शाक्यले भनेजस्तै १०० दिने चमत्कारमा आफुलाई विश्वास नभएको थापाको भनाई थियो । ‘यहाँको मेयर सापले भन्नुभएको थियो, १०० दिनमा चमत्कार हुन्छ भनेर ।’ उनले थपे,-‘म त्यो सय दिने चमत्कारमा विश्वास गर्दिन ।’
अहिलेको काठमाडौं २ महिनाभित्र कायाकल्प हुन्छ भनेर हुदै भएको कार्यक्रमबारे समाचार बनाएको उनले प्रष्ट पारे । आफ्ना कार्यकर्ता, समर्थक, शुभचिन्तकहरुलाई आश्वस्त पार्दै थापाले अगाडी भने-‘ मैले सुन्दै छु केहिदिन अगाडी कपनमा छलफल भयो रे, अब १-२ दिनमा तपाईहरु देख्नुहुन्छ, कसैले मलाई भारतको दलाल भनेको पढ्नुहुन्छ, कसैले मलाई अमेरिकाको दलाल भनेको पढ्नुहुन्छ ।’
यो सबैकुरा आफ्ना बिरोधीहरुले आफुलाई हराउन योजनाबद्ध बुनेको सडयन्त्र भएको उनको भनाई थियो । ‘अब केहि दिनमा कसैले गगन थापाको त ५० ठाउँमा घडेरी नै छ भनेको पढ्नुहुन्छ । यो सब तपाईले पढ्न पाउनुहुन्छ ढुक्क भएर बस्नुहोस्, कुरेर बस्नुहोस् । उनले भने ।
थापाले ४ नम्बर क्षेत्रमा आफुलाई राजा र माओवादीले समेत झुक्याउँन नसकेको भन्दै छाती ठोके । ‘म प्रतिष्पर्धामा आउने साथिहरुलाई आग्रह गर्छु, यो क्षेत्र नम्बर ४ हो कमरेड, यहाँकाे मतदातालार्इ न राजाले झुक्याउँन सक्याे र न माओवादीले झुक्याउँन सक्याे ।’उनले अगाडी थपे,- ‘यो काठमाडौंको मतदाता हो, जसले मलार्इ यहाँका अामाले छाेराजस्ताे माया गर्नुभएकाे छ ।’
भिडियो: केपी ढुंगानाको युटूबबाट साभार ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्