Skip to content
LAXMI SUNRISE BANK

गणेशमानको खिल्ली उडाउदै प्रकाशमान,कम्युनिष्टको शासनमा चुनाव नै हुँदैन भन्दै गलत प्रचार

अर्थ सरोकार

काठमाडौँ – वि.सं. २०४६ सालमा काठमाडौँको चाक्सीबारीमा वाममोर्चा र नेपाली कांग्रेसबीच गठबन्धन गराएर निरङ्कुश पञ्चायती अधिनायकवाद ढाल्दै मुलुकमा लोकतन्त्र स्थापना गराउन नेतृत्वदायी भूमिका खेलेका कांग्रेस सर्वोच्च नेता गणेशमान सिंहका छोरा प्रकाशमान सिंह नै अहिले बाबुको सिद्दान्त विपरित चुनावी प्रचार गर्न थालेका छन्।
आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका सिंहले यतिबेला कम्युनिष्टहरु सत्तामा आए भने चुनावै हुँदैन र लोकतन्त्र नै रहँदैन भन्ने गलत प्रचार गरेर जनतालाई झुक्क्याउदै चुनावी मैदानमा उत्रिएका छन् । जुन गणेशमान सिंहको लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरुलाई पनि साथैमा लिएर अघि बढ्नुपर्छ भन्ने सिद्दान्तको ठीक विपरित छ ।
यसरी नाताले बाबुछोरा भए तापनि समान बुद्धि र सोचाई हुँदैन भन्ने कुराको प्रकाशमान राम्रै उदाहरण बनेका छन्। सोमबार चुनावी घरदैलोमा निस्केका सिंहले आफूलाई प्रश्न सोध्ने पत्रकारलाई भने- ‘कम्युनिष्टको सत्ता आयो भने तपाईले यसरी अन्तरवार्ता लिन पाउनुहुन्न ।’ त्यस्तै कम्युनिष्टको भुतसँग डर देखाउँदै सिंहले अगाडि भने- ‘यसरी चुनावै हुँदैन, स्वतन्त्रतै कहाँ पुग्छ पुग्छ । बहुलवादमा उहाँहरुले विश्वास गर्नु हुन्न । प्राइभेट पपर्टीमा उहाँहरु विश्वास गर्नुहुन्न ।’
– एस काठमाडौँ 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK