×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पपीडीतलाई ठग्ने बैंक ११ औँ बर्षमा प्रवेश, यी हुन् गरिमाको ‘गरिमा’मा आँच आएका ११ विवाद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भूकम्पपीडीतलाई ठग्ने बैंक ११ औँ बर्षमा प्रवेश, यी हुन् गरिमाको ‘गरिमा’मा आँच आएका ११ विवाद !

Artha Sarokar

७ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- आन्तरिक लफडाका कारण विकास बैंकहरुमध्ये सबैभन्दा विवादित बैंक गरिमा बिकास बैंक ११ औं बर्षमा प्रवेश गरेको छ । ११ औं बर्ष प्रवेशका अवसरमा बैंकले विभिन्न कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । यद्यपी आफ्नो १० औं बर्षसम्म आइपुग्दा त्यति साह्रो विवादित नबनेको बैंक पछिल्लो समय भने अत्यन्तै विवादित बनेको थियो । यद्यपी त्यसअघि पनि सानाठुला केहि लफडा बैंकमा भइनै रहेका थिए । कहिले नियम विपरित पदमा बसेका अध्यक्ष त कहिले भुकम्प पीडीतको पैसा ठगेको भन्दै बैंक बदनाम भएको थियो । प्रस्तुत छ गरिमा बिकास बैंकको अवसरमा गरिमा विकास बैंकमा भएका ११ काण्डहरुको ‘रिक्याप’ प्रस्तुती :
१. भूकम्पपीडीतहरुलाई अनुदानवापतको रकम दिंदा गरिमा बिकास बैंकले जनता ठग्ने गरेको खुलासा भएको थियो । अुनदानको पहिलो किस्ता बापतको रकम वितरणका क्रममा प्रति लाभग्राहीसँग रु एक हजार बैंकले राखेर सुरु गरेको यस्तो लुट अहिलेसम्म जारी भएको भन्दै बैंक निकै आलोचित भएको थियो ।
२. स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएका बैंकका अध्यक्ष दिलिप प्रसाद खाँडले राष्ट्र बैंक नियम नटेरी बैंकमै बसेर राष्ट्र बैंकको नियमको धज्जी उडाएका थिए । पछी राष्ट्र बैंकले मौखिक तागेता गरेपछि उनले वाध्य भएर बैंक छाडेका थिए । 
३. आफ्ना ग्राहक बढाउन नसकेपछि बैंकले भूकम्पपीडीतका खाता र ती खातामा भएको रकमलाई समेत गणना गरी जनतामाझ भ्रम छर्न खोजेको आरोप बैंकलाई लागेको थियो । अधिकांश चेपाङ र अन्य पिछडिएका जातिले खोलेको खातामा बैंकले गिद्देनजर राखेको आरोप बैंकलाई लागेको थियो । बैंक कर्मचारीको हकमा पनि विवादित बनेको थियो । तत्कालीन समयमा गरिमा विकास बैकका अध्यक्ष जलेश्वर पाण्डे कै निर्देशनमा कर्मचारीहरुलाई निकै कम तलव दिएको, श्रम सोषण गरेको लगायतका आरोप सहित स्थानीय समाचारपत्रहरुमा खबरहरु छापियेक्का थिए ।
४. बैंकका संचालक हरिकुमार श्रेष्ठपनि विवादमा परे । म्याग्दी जिल्लाको बेनी नगरपालिकाबाट मेयर बनेका संचालक हरिकुमार श्रेष्ठपनि राष्ट्र बैंकको नियमलाई धज्जी उडाउंदै बैंकमै बसेपछि संचालक समितिमै विवाद उठेको थियो । पछी उनले पनि वाध्य भएर बैंकको संचालक समिति छाडेका थिए । 
५. नेपाल राष्ट्र बैंकले स्प्रेड दर ५ % कायम गराउनु भनी सर्कुलर जारी गरेको थुप्रै समय वितिसक्दा पनि विभिन्न बिकास बैंकहरुले भने मनलाग्दी गरिरहेको तथ्य बाहिर आएको थियो । यी बैंकहरुमध्ये गरिमा बिकास बैंक पनि परेको थियो । राष्ट्र बैंकका अधिकारीसँग राम्रै सम्बन्धका कारण बैंकलाई यो विषयमा ठुलो अफ्ट्यारो नपरेपनि यहि कारण बैंक विवादमा मुछिएको थियो ।
६. गरिमा विकास बैंकले भ्याकेन्सी खोलेको तर मान्छे राख्ने बेला आफ्नै मान्छे राख्ने गरेको भन्दै समेत विवादमा आएको थियो । यतिसम्मकी भ्याकेन्सीमा आवेदन दिनेहरु मध्ये नगन्य मात्रामा कर्मचारीहरु राखेर बैंकका संचालकहरुले बैंकलाई आफन्त भर्ती केन्द्र बनाएको विषयपनि बाहिर आएको थियो ।
७. गरिमा बिकास बैंकका केहि कर्मचारीहरुले नक्कली सर्टिफिकेट बोकेर जागिर खाएको भन्दै केहि समयअगाडी अख्तियारमा उजुरी परेको थियो । यो प्रकरण के थियो भन्ने बारे अझै पनि यकिन तथ्य बाहिर आएको छैन । अहिले पनि केहि नक्कली सर्टिफिकेटधारीहरु बैंकमा काम गरिरहेका छन् । 
८. बैंक अफ काठमाडौँ र हिमालयन बैंकबाट नक्कली सर्टिफिकेटधारीहरु जागिर छोडेर भागेपछि गरिमाका केहि कर्मचारीले समेत बैंक छाडेका थिए । यो प्रकरणलाई स्थानीय केहि मिडियाहरुले बाहिर ल्याए पनि बैंकले यो घटनालाई थामथुम पारेर लुकाउने प्रयास गरेको थियो ।
९. विभिन्न बैंकसँग मर्जरका क्रममा समेत बैंक विवादित बनेको थियो । डीडीए प्रतिवेदनमा आएको स्वाप रेसियो मिलाउन बैंकभित्र अनियमितता भएको आरोप समेत बैंकलाई लागेको थियो । यो विवादले खास ठुलो रुप लिन नपाउंदै आन्तरिक रुपमा यसलाई लुकाइएको थियो ।
१०. केहि समय अघि गरिमा विकास बैंकले गरेको सन्तोष पौडेलसँगको कारोवार पनि विवादित बनेको थियो । गरिमा विकास बैंकले सन्तोष पौडेललाई ०६८ सालमा नक्कली धितोको भरमा गरेको लगानीका सम्बन्धमा उजुरी परेपछि प्रहरी छानविनबाट बच्न बैंकले क्षेत्र अधिकार बाहिर हेटौंडा–११ र वसामाडी पुगेर लगानी गरेको चर्चा बाहिर आएको थियो ।छिनेडाँडा–६ को कि.नं. ४५८२ को जग्गाको नाममा गरेको लगानी पुरै डुब्ने भएपछि हेटौंडामा सन्तोषको दिदी र कार्कीको धितोको भरमा गरेको लगानी संकटमा परेको थियो ।
११. तत्कालीन समयमा गरिमा विकास बैकका अध्यक्ष जलेश्वर पाण्डे स्वयम् आर्थिक कारोवार बिग्रिएर संकटमा पदैृ गएको खबर स्थानीय पत्रिकाले खुलासा गरेको थियो । तत्कालीन अध्यक्ष पाण्डेको विग्रदो आर्थिक कारोवारको शिकार वालिङको पाइनिअज उच्च मा.वि. समेत बन्न पुगेको, उक्त विद्यालयका प्रिन्सिपल समेत रहेका पाण्डेले लाखौं रुपैयाँ अपचलन गरेर १७ सय विद्यार्थी अध्ययनरत स्याङ्जा जिल्लाकै अब्बल संस्थागत विद्यालयलाई धरासायी बनाउँदै लगेका विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु स्वयम्ले आरोप लगाएको खबर बाहिर आएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी