×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल शिक्षक महासंघकी केन्द्रीय उपाध्यक्ष राई कक्षाकोठाबाटै गिरफ्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल शिक्षक महासंघकी केन्द्रीय उपाध्यक्ष राई कक्षाकोठाबाटै गिरफ्तार

Artha Sarokar

१ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पाँचथर – नेपाल शिक्षक महासंघकी केन्द्रीय महिला उपाध्यक्ष टिकादेबी राइलाई प्रहरीले बिद्यालयबाटै गिरफ्तार गरेको छ ।
पाँचथरको लुङ्रुरुस्थित गुप्तेश्वर माध्यमिक बिद्यालयमा पढाउँदै गरेकी शिक्षिका राईलाई कक्षाकोठाबाटै गिरफ्तार गरेको हो । नेपाल शिक्षक महासंघ नेपाली काँग्रेस नेकपा एमाले र माओवादी लगायत सबै दल आबद्ध शिक्षकहरुको साझा संगठन हो।
राई नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनकोकि केन्द्रीय सचिबालय सदस्य समेत हुन् । गिरफ्तार शिक्षिकालाई तत्काल रिहा गर्न संगठनका केन्द्रीय अध्यक्ष लालबहादुर बिसीले माग गरेका छन् ।
इमान्दार मिडियासँग कुरा गर्दै अध्यक्ष बिसीले राईलगायत गिरफ्तार सबै शिक्षकहरुलाई तत्काल बिनासर्त रिहा नगरे आफुहरु शिक्षक महसंघबाट अलग भएर आन्दोलनमा उत्रिन बाध्य हुने बताएका छन् । उनले भने-‘यसरी राज्यले चरम दमन गर्ने क्रम नरोकेमा हामी यसको बदला लिने छौ ।’
कार्तिक २९ गते विद्यार्थीलाइ पढाउँदा पढाउँदै कक्षाकोठाबाट गिरफ्तार शिक्षिका राईलाई पाचथरको फिदिमस्थित प्रहरी हिरासतमा राखिएको छ ।
यसअघि अखिल नेपाल शिक्षक संगठनका दार्चुला जिल्ला अध्यक्ष महेन्द्र बहादुर बिस्ट र प्यूठान जिल्ला अध्यक्ष जयश्वर जैशीलाई पनि प्रहरीले गिरफ्तार गरेर हिरासतमा राखेको छ ।
चुनाव नजिकिंदै जाँदा चुनाव बिरोधि गतिविधिमा संग्लन भएको आरोपमा प्रहरीले शिक्षक, बिद्यार्थी, र पत्रकारहरुलाइ समेत गिरफ्तार गर्न थालेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी