×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बचत गरौँ : थप ३ ठाउँमा ग्लोबल आइएमइ बैंकले सुरु गर्यो साखा रहित सेवा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बचत गरौँ : थप ३ ठाउँमा ग्लोबल आइएमइ बैंकले सुरु गर्यो साखा रहित सेवा !

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- ग्लोबल आइएमई बैंकले  मिति २०७४ मंसिर ९ गते शनिबार देखि कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव तथा कञ्चनपुर जिल्ला कै कृष्णपुर नगरपालिका, २, बाणाी र मिति २०७४ मंसिर १० गते आइतबार डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा आफ्नो ४७, ४८ र ४९ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । 
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव सुरु गरिएको सेवाको लागि स्थानिय रमेश बहादुर खड्का, कृष्णपुर नगरपालिका, २, बाणाीमा सुरु गरिएको सेवाको स्थानिय भरत महता र डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका ७ सादनीमा खोलिएको सेवाका लागि बिमला कुमारी बोहोरा लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 
 ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म  १ खर्व ४ अर्व ९४ करोड  निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ४९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  
त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।  त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी