
काठमाण्डौ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशीहरुलाई लक्षित गरी ग्लोबल मनि एक्सप्रेस(GME) रेमिट्यान्स कम्पनी स्थापना गरिएको छ ।
छिटो छरितो र सहज रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना गरिएको ग्लोबल मनि एक्सप्रेसको कोरियाका लागि नेपाली राजदूूत अर्जुन जंगबहादुर सिंहले आइतबार औपचारिक उद्घाटन गरे ।ग्लोबल आइएमई बैंकले सन् २०१३ देखि नै कोरियाबाट रेमिट्यान्स नेपालमा भित्र्याउँदै आएको भएतापनि कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि ट्रान्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने ग्लोबल मनि एक्सप्रेस पहिलो रेमिट्यान्स कम्पनी हो ।
कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापनासंगै यसका शाखा तथा अनलाईनबाट सजिलै छिटो छरितो रुपमा नेपालमा पैसा पठाउन सकिने र उक्त रकम ग्लोबल आइएमई बैंक लिमीटेडका नेपालमा रहेका सम्पूर्ण शाखा तथा नेपालभर रहेका ७००० भन्दा बढी एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीको समुद्घाटन समारोहमा बोल्दै कोरियाका लागि नेपाली राजदूूत अर्जुन जंगबहादुर सिंहले कोरियामा ग्लोबल मनि एक्सप्रेसको स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिइरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठूूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । साथै उनले रेमिट्यान्स नेपाल पठाउने यस्ता बिभिन्न अनौपचारिक माध्यमहरुलाई निरुत्साहित गरी राष्ट्र निर्माणमा आ–आफ्नो तर्फबाट हातेमालो गर्न समेत कोरिया लगायत अन्य राष्ट्रहरुमा रहेका नेपालीहरुलाई आग्रह गरे ।
सो कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका लिमीटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक डा. बामदेव सिग्देल, नेपाल कोरिया चेम्बर अफ कर्मस इन्र्डिस्टिजका अध्यक्ष किरण प्रकाश शाँख लगायत बिशिष्ट ब्यक्तिहरुले कोरियन सरकारको यो स्वीकृति र जिएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठूूलो सहयोग पुग्ने बताएका थिए ।
सो कार्यक्रममा ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, त्यहाँ कार्यरत नेपालीहरु, एनआरएनका प्रतिनिधिहरु, कोरियामा रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुखहरुको सहभागिता थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्