
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेलविरूद्ध बागी उम्मेदद्वारी दिएका छन्।
बिहीबार दमौलीमा शक्ति प्रदर्शनसहित निर्वाचन आयोगमा गएर जोशीले तनहूँ क्षेत्र नम्बर १ का लागि पौडेल विरुद्ध उम्मेद्वार दिएका हुन्।
आफूलाई पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको लसंसदीय बोर्ड नै बैधानिक नरहेको बताउँदै उनले उम्मेद्वारी दिएका हुन्।
कांग्रेसको विधानअनुसारबोर्डमा जम्मा १४ जना हुनुपर्नेमा २४ जनाको जम्बो टोली बनाएर अवैधानिक तरिकाले टिकट वितरण गरिएको हुनाले आफूले कांग्रेसको जनमत अनुसार उम्मेद्वारी दिएको जोशीले बताए।
यसअघिनै पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न जोशीले सल्लाह दिएका थिए।
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा पौडेल र २ मा केन्द्रीय सदस्य शंकर भण्डारीलाई आधिकारिक रूपमा टिकट दिएको थियो।
आफूलाई पार्टीले टिकट नदिए पछि उनले तनहूँ क्षेत्र नम्बर १ का जनताले आफूलाई टिकट दिइसकेको भन्दै उनीहरुकै बलमा चुनाव जित्ने दावी गरेका छन्।
पौडेलप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका जोशीले पौडेलले सधैं जालझेलको राजनीति मात्र गरिरहेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्