×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उम्मेदवारी रद्ध गर्ने निर्वाचन आयोगसँग गोविन्दराज जोशी ‘फायर’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उम्मेदवारी रद्ध गर्ने निर्वाचन आयोगसँग गोविन्दराज जोशी ‘फायर’

Artha Sarokar

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तनहुँ  – निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस नेता गोविन्दराज जोशीले निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको टिप्पणी गरे । आयोगमा उजुरी दिने रामचन्द्र पौडेलका विषयमा भने जोशीले कुनै टिप्पणी गरेनन् । उम्मेदवारी रद्ध भयो भन्ने बारेमा सञ्चारमाध्यमबाट सुनेको तर आयोगले अहिलेसम्म कुनै जानकारी नगराएको उनको भनाई छ ।
निर्वाचन आयोग प्रति भने जोशीले रोष प्रकट गरे । ‘निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष भएन, सत्ताको प्रभाव र दवावमा पर्‍यो’, जोशीले थपे, ‘कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा सात दिनको म्याद दिएर स्पष्टीकरण लिने प्रावधानको खिल्ली उडाउँदै स्पष्टीकरणको मौका समेत दिइएन ।’
आयोगको निर्णयका विरुद्धमा के गर्ने भन्ने बारेमा कानुनविदहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए । चुनाव अदालतले गर्ने नभई आयोगले गर्ने हुँदा आयोगको निष्पक्षतामाथि विश्वास उडेकोसमेत उनले बताए ।
तनहूँ क्षेत्र नम्बर १ मा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दिएका जोशीबिरुद्ध पौडेलले उम्मेदवार हुन अयोग्य भएको दावीसहित निर्वाचन आयोगमा उजुरी दिएका थिए । उजुरीउपर आयोगले उनको उम्मेदवारी रद्ध गरेको थियो । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी