
गोरखामा नेपाली कांग्रेस-माओवादी केन्द्रबीच खुकुरी हानाहान भएको छ ।
भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा कांग्रेस, माओवादीबीच खुकुरी हानाहान भएको छ ।
दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याइएको छ ।
गाउँसभाको बैठक सकिसकेपछि विवाद भएको हो । सभाले भिमसेन गाउँपालिकाको नाम भिमसेन थापा गाउँपालिका राख्ने निर्णय गरेको छ ।
बगुवा रहेको केन्द्र वडा नम्बर १ को घ्याम्पेशाल सार्ने विषयमा विवाद भएको हो । कांग्रेस केन्द्र घ्याम्पेशाल सार्ने र माओवादी बगुवामा नै राख्नु पर्ने पक्षमा थिए ।
‘बैठकमा दुई तिहाई बहुमतले केन्द्र सार्ने निर्णय गरिसकेपछि माओवादीका एक सदस्यले माइनुट च्यात्नु भयो’, गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेले भने, ‘त्यसपछि आक्रमण सुरु भयो ।’ गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको बहुमत छ । खुकुरी भालासहितका हतियार बोकेका युवाले आक्रमण गरेको पाण्डेले बताए ।
माओवादी केन्द्रका नेता लोकप्रसाद बञ्जराले ढोका थुनेर जबर्जस्ती गाउँपालिकाका केन्द्र सार्न खोज्दा झडप भएको बताए । ‘हाम्रा साथीहरुलाई नोटअफ डिसेन्ट लेख्न दिइएन, अनि झडपको रुपमा लियो’, उनले भने, ‘गाउँपालिकाको कार्यालयमा थुनेर राखिएका सदस्यहरुलाई लिन जाँदा कांग्रेसका युवाहरुले आक्रमण गरे ।’
झडप भएर युवाहरु घाइते भएपछि सदरमुकामबाट घटनास्थल तर्फ परिचालन गरिएको छ । आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए । घ्याम्पेशाल आसपासको क्षेत्रमा यसअघि पनि निर्वाचनका समयमा झडप हुने गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्