×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

PRIME CA
GLOBAL IME BANK

उत्तरी गोरखाको मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

गोरखा – उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ ।
नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नेता चूडामणि खड्का, सहायक प्रमुख जिल्ला अधिकारी केशवराज शर्मालगायतको टोली उत्तरी गोरखा पुगेका थिए ।
यसअघि निर्वाचन गराउन मतदानका लागि आवश्यक सामग्री र मतदान अधिकृतलाई हेलिकप्टरबाट उत्तरी गोरखा पठाइएको थियो । गोरखामा आइतबार सम्पन्न मतदानमा ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । स्थानीय तह निर्वाचनमा यहाँ ७२ प्रतिशत मत खसेको थियो ।
चुमनुब्रीका विभिन्न २० वटा र धार्चे गाउँपालिकाका आठवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरी सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले जानकारी दिए । सडकमार्ग र हवाईमार्गबाट ल्याइएका मतपेटिका सुरक्षित तवरले भण्डारण गरिएको छ । मंसिर २१ गतेदेखि मतगणना शुरु हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार स्थानीय तह निर्वाचनमा भन्दा कम मत खस्नुको कारणमध्ये राजधानीलगायत अन्य क्षेत्रमा रोजगारीमा रहेकाहरुले बिदा नपाउनु र वर्णानुक्रमअनुसार मतदातालाई साविकको भन्दा फरक केन्द्रमा पुगेर मतदान गर्नुपर्नेजस्ता झन्झटले कम मत खसेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: