×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारकै योजनामा उम्मेदवारहरुमाथि चरणबद्ध हमला ! खुल्यो यस्तो रहस्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सरकारकै योजनामा उम्मेदवारहरुमाथि चरणबद्ध हमला ! खुल्यो यस्तो रहस्य

२९ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं – चुनावको मिति नजिकिएसँगै उम्मेदवारहरुमाथि चरणबद्ध रुपमा हमला हुन् थालेपछि ती घटनाहरूबारे सबैका आफ्नै धारणा बनेका छन ।
विशेषगरी नेपाल कम्युनिष्ट पार्टी यतिबेला चुनाव खारेजी अभियानमा सक्रिय रहेका बेला कतिपय दल र तिनका नेता-कार्यकर्ताहरुले नेकपामाथि यो आरोप थोपरिरहेका छन् । यद्धपि उम्मेदवारहरु माथि भएका हमला र आक्रमणको जिम्मा नेकपाले अहिलेसम्म लिएको भने छैन ।
कुरा त्यतिमात्र होइन वाम पार्टीका उम्मेदवारमाथि भएका सांघातिक हमलाको योजनामा सरकार नै संलग्न भएको एमालेले खुलासा गरेको छ ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बुधवार विज्ञप्ति जारी गर्दै यस्तो खुलासा गरेका हुन् ।
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुनु र अमुक पार्टीलाई दोष लगाएर सरकार रमिते हुनुले आक्रमणको योजनाकार सरकार नै रहेको आशंका उब्जेको एमालेले जनाएको हो । ‘चुनावी अभियानमा अवरोध पुर्याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ’ विज्ञप्तिमा उल्लेख छ ।
केही समययता निर्वाचन अभियानमा सहभागि हुने क्रममा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्युरो सदस्य शेरधन राई, संखुवासभाका उम्मेदवार राजेन्द्र गौतम, रुकुमका वाम गठबन्धनका उम्मेदवार तथा माओवादी नेता जनार्दन शर्मा, रोल्पाका उम्मेदवार वर्षमान पुन लगायतलाई ताकेर बम प्रहार तथा गोली प्रहारका घटना भएका थिए ।
यस्तै एमालेले सुनसरी क्षेत्र नं ३ का उम्मेदवार तथा पार्टी केन्द्रीय सदस्य भगवती चौधरीलाई चुनावी अभियान नरोके परीवारका सदस्यहरुको ज्यान लिने धम्की कांग्रेस उम्मेदवार विजय गच्छदारको हवाला दिंदै गरिएको भन्दै आपत्ती जनाएको छ । यस्ता घटनाले स्वच्छ र निश्पक्ष निर्वाचन हुनेप्रति आशंका गर्दै एमालेले त्यसलाई अविलम्ब रोक्न माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठ
आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि साङ्घातिक आक्रमण र धम्कीका घटनाहरू बढन थालेका छन । पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति हामीलाई हुन थालेको छ ।
चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण भएको छ । आक्रमणमा उहाँ सकुशल रहेपनि अंगरक्षक घाइते हुनुभएको छ ।
चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
हिजै संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको छ भने सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको छ ।
चौधरीमाथि मनोवैज्ञानिक दबाब दिने उद्देश्यले चुनावी प्रचारमा हिँड्ने कार्यकर्ता र सहयोगीलाई धम्क्याउने काम स्वच्छ र निष्पक्ष निर्वाचन हुननदिने श्रृङ्खलावद्ध योजनाअन्तर्गत भएको हाम्रो बुझाइ रहेको छ । हामी यस्ता अराजनीतिक काम तत्काल बन्द गर्नका लागि समयमै सचेत गराउन चाहन्छौं ।
वामपक्षीय लोकतान्त्रिक गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेस यस्तो अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ । हाम्रो पार्टीका प्रदेश २ संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।
सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । हामी यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छौं ।
सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो दिनका घटनाक्रमले देखाएको छ ।
यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्न चाहन्छौं ।
विष्णु रिमाल
प्रवक्ता
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी