Skip to content
LAXMI SUNRISE BANK

हुम्लाको रारा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदाता नै आएनन्, मान्छेको लाइनमा कुखुराको ताँती !

अर्थ सरोकार

हुम्ला – चुनावको समयमा ठाउँठाउँमा रमाइला घटना घटेका छन् । हुम्लाको शंखेली गाउँपालिका ३ रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदातानै उपस्थित नभएपछि अझैसम्म मतदान भएको छैन। एक जनाले त मत खसाल्न आउनुहोस् न भनी पटक पटक अनुरोध गर्दा पनि कोहि मतदानस्थलमा नआएको स्थानीयले बताएका छन् । उक्त मतदाता केन्द्रमा ११९ मतदाता छन् । 
सदरमुकामबाट ४० कोस टाढा पर्ने उक्त केन्द्रमा कोहि पनि नआएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम तापेर बसेका छन् । डीएसपी कमल प्रकाश नेपालले विज्ञप्ति टाँसेर गाउँले मतदानस्थलमा उपस्थित नभएको जानकारी दिएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK