
काठमाडौँ- कालोबजारी ऐन विपरित नाफा खाई जनताको पसिना चुसेर मोटाउन पल्केको ठग कम्पनी अर्थात
नेपालका लागि हुण्डाई मोर्टस्को आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स्ले ठगीको नयाँ टेक्निक स्वरूप ‘हुण्डाई मेगा एक्स्चेन्ज विक’ संचालन गर्ने भएको छ । यो योजना अनुसार कम्पनीले कार्तिक २६ गते आईतबार देखि मङ्गसिर २ गते शनिबारसम्म चल्ने मेलामा जनता ठग्न तम्तयार भएको छ भने आफु ठगिन लागेको थाहा हुँदा हुँदै केहि मूर्खहरु ठगीनकै लागि तयार भएका छन् ।
एक्स्चेन्जसंगै कम्पनीले ६ लाख २० हजारसम्मको लाभलिन सकिने योजना ल्याएको जनाएको छ । तर कम्पनीले सुरुमा नै गाडी बेच्दा नियम विपरित अकुत नाफा कमाइसकेको थियो । १०० रुपैयाँ लिएर २०० को उपहार दिएजस्तै कम्पनीले ठगीको यस्तो योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत अविश्वसनीय मुल्याङकन, उपहार, उत्कृष्ट नगद छुट, स्पट फाईनान्सिङ तथा बीमा, ४ वर्ष फ्रि सर्भिस, ३ वर्ष को वारेन्टि,२० हजारसम्मको लोयल्टी बोनस, १ लाखसम्मको एक्स्चेन्ज बोनस पाउन सक्ने कम्पनीले दावी गरेको छ । तर यो सयौँको संख्यामा जनताको पसिना चुसेर केहीलाई खुसी पारेजस्तो गर्ने उसको टेक्निकमात्र हो ।
मेलाबारे जानकारी दिदै कम्पनीका सेल्स एण्ड मार्केटिङ डिजिएम रुपेष शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न हामी तल्लिन छौ । यस देशव्यापी कार्यक्रमले ग्राहकलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’ तर उनले जतिनै गफ दिएपनि हुन्डाई ठग कम्पनी हो, यसले जनताको पसिना चुसीरहेको छ, पावरका भरमा जनतालाई लुटेर अकुत कमाइरहेको छ भन्ने धेरैलाई थाहा भइसकेको छ । र पनि कम्पनीका विरुद्ध न सम्बन्धित निकायले केहि गर्न सकेको छ, न कम्पनीले ठग्न छोडेको छ ।
सम्बन्धित ठाउँमा राम्रै दानापानी गरेका कारणले कम्पनीलाई कसैले पनि छुन नसकेको आरोप लागिरहेको छ । केहि समय अगाडी आपूर्ति मन्त्रालयको अगुवाईमा कम्पनीका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिइएको थियो । तर सानालाई ऐन, ठुलालाई चैन भनेजस्तै कम्पनीको यो प्रकरणलाई पनि अहिले सामसुम पार्न खोजिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्