
काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी उपेन्द्रकान्त अर्याललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन सुरू गरेको छ । पदिय दुरूप्रयोग गरेर अकुत सम्पत्ती कमाएको आरोप लगाउँदै उनीमाथि छानविन सुरू गरेको हो । आयोगले चार महिनाअघि अर्याललाई १३ पन्ने भराएर अनुसन्धान सुरू गरेको थियो । चार महिनाको अनुसन्धान पश्चात आयोगले आइतबार पूर्वआईजी अर्यालसँग पहिलो चरणको बयान लिएको छ । बयान दिन अर्याल आईतबार विहान ११ बजेतिर टंगालस्थित कार्यालयमा पुगेका थिए ।
उनीमाथि पाँच करोड भन्दा बढी अकुत सम्पत्ति जोडेको प्रमाण अख्तियारले फेला पारेपछि छानविन अगाडि बढाएको हो । लोकमानसिंह कार्की अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमूख हुँदा विनाटेण्डर जामर मेसिन खरिददेखि गुणस्तरहीन डीएमएस बुट, पार्का ज्याकेट, म्याजिक लाईट, सिलपिङ व्याक लगाएतका बन्दबस्तिका सामन खरिदमा ढेड करोड भ्रष्टाचार गरेको आरोप अर्याल माथि लागेको छ ।
सार्क सम्मेलनकै क्रममा छिमेकी मुलुकहरूका सरकार प्रमूखको सवारीमा स्कर्टिङको व्यवस्था मिलाउन प्रहरीले बुलेट मोटरसाइकल खरिद गरेको थियो । साढे ४ देखि ५ लाख बजारमूल्य पर्ने ३ सय ५० सीसीको मोटरसाइकललाई ६ लाख ८१ हजार रूपैयाँका दरले खरिद गरिएको प्रमाण अख्तियारले फेला पारेको छ । कम दरमा प्रस्ताव गरेको बजाज समूहले असन्तुष्ट भई प्रहरी मुख्यालय र अख्तियारमा उजुरी दियो । छानबिन गर्नुको साटो उल्टै अख्तियारले भुक्तानीका लागि निर्देशन दिए लोकमान समेत पदको दुरू प्रयोग गरेको प्रमाण फेला परेको छ । उनकै पालमा ३० रूपैयाँ पर्ने सिट्ठीलाई डेढ सयसम्म र १२ सय रूपैयाँ पर्ने म्याजिक लाइटलाई ४५ सय रूपैयाँमा खरिद गरी भ्रष्टाचार गरेको स्रोतले बतायो । ‘लोकमानमाथि महाअभियोग लाग्नासाथ खरिद प्रक्रियामा संलग्न प्रहरी अधिकारीहरू डरले अख्तियारका केही आयुक्तकहाँ धाउदै आएका छन् । लोकमानको कार्यकालभर प्रहरीभित्रका अनियमितता र भ्रष्टाचारका एउटा पनि उजुरीको छानबिन भएको छैन’, स्रोतले भन्यो।
एकाध प्रतिशोधबाहेक प्रहरी अधिकारीहरूविरूद्ध गैरकानुनी सम्पत्ति आर्जनको उजुरीमा समेत छानविन अघि बढेको थिएन । अख्तियारमा पुगेका प्रहरीका उजुरीहरू तामेलीमा राखिन्थे भने अन्यत्रको छानविन पनि लोकमानको निर्देशनमा रोकिएको थियो । प्रहरीको ज्याकेट खरिदमा भएको अनियमितताको उजुरी संसदको लेखा समितिमा पुगेको थियो । १५ सय रूपैयाँको प्रस्ताव लत्याएर प्रहरीले श्लोक इन्टरप्राइजेजले प्रस्ताव गरेको २२ सयमा खरिद गरिएको थियो । तत्कानि समयमा लेखा समित प्रमूख रहेका जर्नादन शर्माले यस बिषयमा अनुसन्धान सुरू गरेका थिए । तर शर्मा उर्जा मन्त्रालय सम्हाल्न पुगेपछि तत्कालिन अख्तियार प्रमूख लोकमान सिंहको निगाहा छानविन रोकिएको थियो ।
उनले एसएसपी हुँदादेखि नै अकुत सम्पत्ति आर्जन गरी हुन्डी कारोबारी पवन सरियाहरूलाई मिटर ब्याजमा करोडौैं रूपैयाँ लगानी गरेको आरोप समेत लागेको छ । उनले २०७३ फागुन १ मा ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका थिए । अख्तियारले अनुसन्धान अगाडी बढाएपछि अर्याल भने शक्ति केन्द्र धाउँदै आएका छन् ।
अख्तियारका आयुक्त नविन घिमिरेलाई प्रभाबमा पार्न अर्याल अहिले घिमिरेका सम्धि डिआईजी पवन खरेलको शरणमा पुगेका छन् । भ्रष्टाचार गरेको पैसाले अर्यालले देशका विभिन्न ठाउँमा जग्गा खरिद गरेको पाईएको छ । पहिलो संविधानसभाको चुनावमा नेपाली कांग्रेसबाट सभासद भएका सिन्धुलीका सभासद् उज्ज्वल वराल र अर्याल रूवमको साझेदारीमा सिन्धुलीको दुधैलीमा ६ सय रोपनी जग्गा खरिद गरेको अख्तियारले भेट्टाएको छ ।
मंहोगो भाउमा उक्त जग्गा संगठनलाई भिडाएर प्रहरीको तालिम केन्द्र सार्ने मनसाय राखेर जग्गा किनेको अनुमान आयोगले गरेको छ । त्यस्तै निवर्तमान सभासद् मोहन बरालसँग पनि काभ्रे लगायत विभिन्न ठाँउमा जग्गा खरिद गरेको आयोगले पाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्