काठमडौंबाट इलामतर्फ जादै गरेको माइक्रोबस गएराति दुर्घटना हुँदा ११ जना घाइते भएको खबर छ । नेपाल बैंकका कर्मचारीको भ्रमण टोली लिएर इलाम जादै गरेको बा ४ ख ६३५७ नम्बरको माइक्रोबस इलाम नगरपालिका– १० गोदकमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका– ७ का ५२ वर्षीय किशोर खनाल, तनहुँ भिमाद्– १ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा– ९ का ३९ वर्षी विष्णुमान जैला, कागेश्वरी मनोहरा– १० काठमाडौंका ३५ वर्षीय जुहारिका घोरासैनी, हेटौँडा उपमहानगरपालिका– ५ का ५१ वर्षीय विनोद कुमार पुडासैनी र स्याङ्जाका ३५ वर्षीय कमल पराजुली रहेका छन्।
यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने ४१ वर्षीय अशोककुमार कार्की, कपन बस्ने ५३ वर्षीय मेहरमान गुरुङ, सिन्धुपाल्चोक बलेफी– ७ का ५१ वर्षीय फलकप्रसाद पराजुली, काभ्रेपलान्चोक पनौति नपा–११ बस्ने वर्ष ४५ का विनोद गिरी, काठमाडौं महानगरपालिका– १५ बस्ने वर्ष ३३ का प्रभाष सिंह, ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका– १ बस्ने वर्ष ४१ का वासुदेब भण्डारी र काठमाडौंकै तारकेश्वर नगरपालिका –१० बस्ने ४८ वर्षीय ऋषिराम खत्री छन्।
अधिकांश घाइतेको टाउकोमा चोट लागेको र घाइतेहरुको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्