
रुकुम – नेकपा माओवादी केन्द्रका नेता एबम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी शुक्रबार बम प्रहार भएको छ। रुकुमको चौरजहारीको प्रचार सकेर सानोभेरी आउँदै गरेका शर्मासहितको प्रचारटोली माथि बम प्रहार गरिएको हो।
आक्रमणकारीले अगाडिको गाडी छाडेर नेता शर्मा चढेकै गाडीलाई लक्षित गरेर दुई बम प्रहार गरेका थिए। दुई बममध्ये एउटा पड्किएको थियो। बम धुलोमा परेका कारण त्यसबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रचार टोलीका एक नेताले बताए।
विनाविभागी मन्त्री समेत रहेका नेता शर्माले आफू चढेकै गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको बताए। उनले भने, ‘मेरै गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको थियो।’ उनले सुरक्षाकर्मीको सर्तकता र पहलकदमीका कारण कुनै अप्रिय घटना भने हुन नपाएको बताए।
यता प्रहरीले भने आक्रमणकारीको बारेमा अहिलेसम्म कुनै पत्तो नलागेको बताएको छ। ‘घटनामा संलग्न व्यक्तिको खोजी भैरहेको छ’, जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलाले भने, ‘बम प्रहार गर्नेहरुलाई पक्रेरै छाडछौँ।’प्रहरीले बम प्रहारमा निर्वाचन विरोधीले गरेको हुनसक्ने अनुमान गरेको छ। – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्