Skip to content

बिचरा त्यो विवाह : बेहुली लिएर हिंडेको जीप दुर्घटनामा पर्दा बेहुला बेहुली सहित ७ को मृत्यु !

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
रुकुम- बेहुली लिएर रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसीकोट आइरहेको ग १ ज ४२६० नम्वरको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा विवाहका बेहुला बेहुली पनि छन् ।
जिप मुसीकोट नगरपालिकाको वडा नं. ६ साँखमा दुघर्टनामा परेको हो । घटनामा एक अर्का परिवारका समेत बाबुछोराकै मृत्यु भएको छ । 
दुर्घटनामा मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, मुसीकोट नगरपालिका वडा नं ४ की सुरेखा शाह, त्रिवेणी गाँउपालिका वडा नं १ की यमुना मल्ल र रुकुमकोट निवासी प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधानको मृत्यु भएको छ । 
घटनापछी पूरै गाउँनै शोकाकुल बनेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्