जुम्ला- चिसोका कारण हिमाली जिल्लामा मतदाता घरमै बसेका छन् । पहिलो चरणको निर्वाचन अन्तरगत मतदान सुरु हुने समय ७ बजे भनिएपनि जुम्लामा मतदान सुरु हुन सकेको छैन । मौसम चिसो भएका कारण मतदाता र कर्मचारी मतदान केन्द्रमा ढिला पुगेका कारण मतदान पनि सुरु हुन नसकेको हो ।
जुम्लाको सुरक्षा स्थिति निकै राम्रो भएको प्रशासनले जनाए पनि त्यस ठाउँका केही मतदान केन्द्र नजिकै शनिबार राति बम विस्फोट भएको पनि बताइएको थियो ।
यस्तै अन्य हिमाली जिल्लामा पनि निर्वाचन सुरु भएको छैन । यसैगरी कर्णालीका हुम्ला, मुगु, डोल्पामा पनि मौसम चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।