Skip to content
LAXMI SUNRISE BANK

जुम्लामा एमाले उम्मेदवारले ४ सय फर्जी मत खसालेपछि काँग्रेसले गर्‍यो बहिस्कार

अर्थ सरोकार

जुम्ला – जुम्लाको रोकायवाडा प्राथमिक विद्यालयको मतदान केन्द्रमा एमाले उम्मेदवारले ४ सय बढी फर्जी मत खसालेपछि काँग्रेसका प्रतिनिधि मतगणना स्थल छोडेर हिडेका छन् । फर्जी परिचय पत्रको प्रयोग गरेर मतदान भएको भन्दै मतदान अधिकृतलाई जानकारी गराएर परिचय पत्र जिम्मा लगाए पनि पुनः परिचय पत्र खोसेर मतदान गरेको काँग्रेसका तर्फबाट प्रतिनिधि बसेपछि यस्तो लफडा निस्किएको हो । 
उनका अनुसार फर्जी परिचय पत्र देखारउँदै एमाले उम्मेदवार रोकायले ४०० बढी फर्जी परिचय पत्रबाट मतदान गरेको बताएका छन् । हमालका अनुसार काँग्रेस प्रतिनिधिले अधिकृतलाई साच्ची राखेर बहिस्कार गरेका छन् । महेन्द्र हमाल र मक्कर हमालले बहिस्कार गरे पनि मतदान जारी छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK