×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै ज्योति बिकास बैंक, रामगोपालपुर शाखाको औपचारिक उद्घाटन सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शाखा विस्तारमा ‘एग्रेसिभ’ बन्दै ज्योति बिकास बैंक, रामगोपालपुर शाखाको औपचारिक उद्घाटन सम्पन्न

Artha Sarokar

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७४ साल मंसिर १ गते शुक्रबारदेखि महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नं. ५ स्थित रामगोपालपुर बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । 
उक्त शाखा कार्यालयको समुद्घाटन रामगोपालपुर नगरपालिकाका मेयर असोक कुमार मण्डल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काज्यूले संयुक्त रुपका गर्नुभएको थियो । उद्घाटन समारोहको अध्यक्षता विकास बैंकका संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले गर्नृु भएको थियो । आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवा भाव समेतलाई जोड दिँदै आएको कुरा अध्यक्षज्यूले व्यक्त गर्नु भयो । 
कार्यक्रममा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधा लगायत विविध विषयमा जानकारी गराउनु भयो । उक्त शाखाले स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतलाई केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ । 
हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ ।
हालसम्म विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन तथा १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात विकास बैंकको चुक्ता पूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजी पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी