
बनेपा । देशभर चुनावी सरगर्मी बढिरहँदा काभ्रेमा भने वामगठबन्धनमा रूवावासी सुरू भएको छ । काभ्रेको सबै क्षेत्र जित्ने अपेक्षा गरेका वाम गठबन्धनलाई एकपछि अर्को धक्का लाग्दै जान थालेको छ । उनीहरूले धेरै नै आशा गरेको काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं. १ र यसको दुबै क्षेत्र नेपाली कांग्रेसले जित्ने पक्का भएपछि वामगठबन्धनमा रूवावासी चलेको हो । साम, दाम, दण्ड भेद प्रयोग गरेर भए पनि काभ्रे जिल्लालाई वाम किल्ला बनाउने वामगठबन्धनको सपना चकनाचुर भएको छ ।
बाम गठबन्धनको गोप्य रिपोर्टमा समेत काभ्रेको क्षेत्र नम्बर एकमा तीनै सिट कांग्रेसले जित्ने निश्चित भएपछि बाम गठबन्धनका कार्यकर्ताहरू अत्तालिदै काभ्रे क्षेत्र नम्बर २ मा केन्द्रित हुन थालेका छन् । काभ्रे क्षेत्र नम्बर एकको असर काभ्रे क्षेत्र नम्बर २ मा पनि पर्न सक्ने भन्दै एमालेका कार्यकर्ताहरू सबैले क्षेत्र नम्बर २ मा ध्यान केन्द्रित गरेका हुन् । प्रतिनिधिसभा अन्तर्गत काभ्रे क्षेत्र नम्बर २ मा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटा उम्मेदवार छन् ।
अत्यन्त गोप्य रहेको बाम गठबन्धनको आन्तरीक रिपोर्टमा काभ्रे क्षेत्र नम्बर १ मा माओबादी उम्मेदवार गंगाबहादुर दोङ बमध्वजलाई एमालेले धोका दिने निश्चित भएको खुलाइएको छ । प्रतिनिधिसभा तर्फ एमालेले माओवादीलाई धोका दिने भएपछि प्रदेशसभा २ मा एमालेका उम्मेदवार चन्द्र लामालाई माओवादीले मत नहाल्ने भन्दै नेपाली कांग्रेसका उम्मेदवारहरूसँग वार्ता गर्न माओवादी कार्यकर्ताहरूले शुरू गरिसकेका छन् । काभ्रे कांग्रेसका चुनावी कमाण्डर शिवप्रसाद हुमागाँईले काभ्रे क्षेत्र नम्बर एकमा कांग्रेस प्रतिको जनलहर ह्वात्तै बढाइदिए पछि माओवादी र एमाले छोडेर कांग्रेस पार्टी प्रवेश गर्नेको लहर नै चलेको छ । यो साता मात्र काभ्रे क्षेत्र नम्बर १ मा १ हजार ४ सय ३५ जना युवाहरू एमाले, माओवादी छोडेर कांग्रेस जिताउ अभियानमा सहभागि भएका छन् ।
काभ्रे क्षेत्र नम्बर एकको कांग्रेसका उम्मेदवारहरू तिर्थ लामा, सिवि लामा र गणेश लामा आफैंमा पनि चर्चित नेता तथा समाजसेवी भएकाले पनि यो क्षेत्रमा कांग्रेस प्रतिको जनलहर उर्लिएको हो । वाम गठबन्धनले कांग्रेस उम्मेदवारप्रति विभिन्न भ्रम छर्ने काम गरिरहे पनि चुनावी कमाण्डर हुमागाँईले डटेर सामना गरिरहेका छन् । वाम गठबन्धनलाई आफ्नो अनुहार हेरेर मात्र कांग्रेसका उम्मेदवारलाई आरोप लगाउन आग्रह गर्दै हुमागाईले भनेका छन्,‘वाम गठबन्धनका उम्मेदवारहरूको अनुहारमा काभ्रेका दुखी गरिबका रगतको छिटा लतपतिएको छ । काभ्रेका अर्जुन लामा, कृष्णप्रसाद सापकोटा लगायतको हत्या गरेर आतंक फैलाएको माओवादी उम्मेदवारलाई एमालेले मत दिन नसक्ने गोप्य रिपोर्टले काभ्रे क्षेत्र नम्बर एक अहिले तातेको छ ।
नेपाली कांग्रेसको नेतृत्वदायी भुमिकाको कारण मुलुकमा शान्ति प्रक्रिया निष्कर्षमा पुग्न लागेको र संविधान जारी भएको भन्दै कांग्रेसले अब संविधान कार्यान्वयन र समृद्ध नेपालको निर्मार्णे उद्घोष गरेको छ । काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा कांग्रेसबाट गणेश लामाले टिकट पाएपछि प्रतिद्वन्दी एमाले उम्मेदवार छाँगाबाट खसे जस्तै भएका छन् ।
काभ्रे क्षेत्र नम्बर एकमा काभ्रे कांग्रेसका सबै नयाँ पुराना नेताहरू एक ढिक्का भएर चुनाव प्रचारप्रसारमा लागेपछि डाँडापारि र कोशीपारिमा समेत ४ सय जना एमाले, माओवादी परित्याग गरि कांग्रेस प्रवेश गरेका थिए । आफ्नो क्षेत्रको विकास मात्र हैन मुलुकको समग्र विकासको लागि कांग्रेस नेतृत्व नै आवश्यक भएको ठम्याउदै कांग्रेसप्रति जनलहर उर्लिन थालेपछि बाम गठबन्धनको चुनाव प्रचारप्रसारमा कार्यकर्ता पनि कम हुन थालेका हुन्।
अनेक प्रपञ्चका बाबजुद पनि काभ्रे क्षेत्र नं. १ मा वाम उम्मेदवारले नराम्ररी पराजय भोग्ने अनुमान गरिएको छ । मतदातालाई आफूतिर आकर्षित गर्न वाम गठबन्धनले भ्रमपूर्ण समाचारहरू मिडिया तथा सामाजिक संजालहरूमा समेत प्रकाशन गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण हो मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी पार्टी निकट रहेका नेपालको जिल्ला संयोजक गोपाल घिमिरे सहित नेकपा (क्रान्तिकारी) माओवादीका चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला कमिटी नै ५१ जना माओवादी केन्द्रमा समाहित भएको भन्ने भ्रमपूर्ण समाचार । जसको (क्रान्तिकारी) माओवादीका चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा जिल्ला कमिटीले पत्रकार सम्मेलन गरी भ्रमको भण्डाफोर गरिसकेको छ । पार्टीको जम्मा ५ जना मात्र वाम गठबन्धनमा प्रवेश गरेको र पार्टीको बढीमा १२ भोट घट्ने पत्रकार सम्मेलनमा देजमोले बताएको छ । जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्