
बाजुरा- चुनाव नजिकिदै गर्दा ठाउँठाउँमा हानाहान हुन थालेको छ । यसैबीच बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका ६ जना कार्यकर्ता घाइते भएका छन् भने ३ जना सम्पर्कविहीन रहेका छन् । प्रहर्ली कार्यालयले अर्थ अरोकार डटकमलाई दिएको जानकारी अनुसार घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रहरी नायब निरीक्षक जगदिश भट्टले घटनाको पुष्टी गरे । भट्टले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार घाइते मध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको छ । आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद रु पाँच हजार ५०० लुटेको बताए।
यता वाम गठबन्धनका गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट काँग्रेस कार्यकता घाइते भएकोनेपाली काँग्रेसले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्