
काठमाडौँ – मंगलबार चितवनमा आयोजित प्रचण्डपुत्र स्व. प्रकाश दाहालको श्रद्धान्जली तथा चुनावी सभा कार्यक्रममा गीत गाउँदा गाउँदै हृदयघात भई निधन भएका जनवादी गायक खुसीराम पाख्रिनको निधनप्रति माओवादी केन्द्रले शोक वक्तव्य जारी गरेको छ। पार्टीले उनको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजन,आफन्त एबम शुभेच्छुकहरुमा भावपूर्ण समवेदना प्रकट गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डद्वारा जारी गरिएको शोक वक्तव्यमा भनिएको छ ,‘ २०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतीशील गीतबाट प्रगतीशील सागीतिक यात्राको आरम्भ गर्नुभएका पाख्रिनका ५०० बढी प्रगतीशील रचनाहरु प्रकाशित छन्। अत्यन्तै मिलनसार स्वभाव,कर्णप्रिय स्वरका धनी,परिवर्तनको आन्दोलनका एक अथक योद्धाका रूपमा कमरेड पाख्रिनले नेपाली राजनीतिक र साहित्यिक इतिहासमा विशिष्ट स्थान हासिल गर्नुभएको छ ।क्रान्तिलाई पूर्णता दिन नेकपा (एमाले )र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतामार्फत नेपालमा एउतै कम्युनिष्ट केन्द्र बनाउने तयारीपछि उहाँ निकै उत्साहित हुनुहुन्थ्यो ।’
त्यसैगरी पाख्रिनको निहानाप्रती गहिरो दुख व्यक्त गर्दै भनिएको छ,‘त्याग र निष्ठाका विम्ब,जनताका प्रिय नेता एबम गायक कमरेड खुसीराम पाख्रीनको निधनले हाम्रो पार्टी,नेपाली कम्युनिष्ट आन्दोलन र प्रगतीशील,साहित्यिक,सांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पुगेको छ।शोकको यस दु:खद घडीमा कमरेड पाख्रीनप्रति भावपूर्ण श्रद्धान्जली एबम शोकाकुल परिवारजन र सहयोद्धाहरुमा गहिरो समवेदना प्रकट गर्दै हाम्रो पार्टी उहाँले देखाएको मार्गमा अविचलित रुपमा अघि बढ्ने प्रण गर्दछ।’
चिकित्सकका अनुसार हृदयघातका कारण उनको निधन भएको हो ।चितवनको भरतपुर महानगरपालिका–१९ रामपुर घर भएका पाख्रिनको जन्म विसं २००९ मा गोरखामा भएको हो । ६५ वर्षीय पाख्रिनका श्रीमतीसहित एक छोरा र दुई छोरी छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्