Skip to content

‘ढुसी’ भेटिएपछी नेपालमा ‘ब्याण्ड’ भएको किन्ले फेरि बजारमा, राजेश हमालले भने, ‘नेपालमा पाइने अधिकांस पानी दुषित’

Dish Home

अर्थ सरोकार

काठमाडौं – उत्पादन सुरु भएको केही समयमै फङ्गस अर्थात ढुसी भेटिएपछी बन्द भएको किन्ले मिनरल वाटर पुन बजारमा आएको छ । बन्द भएको ११ बर्षपछी किने पुन: नेपाली बजारमा आएको हो । जनस्वास्थ्यमाथि खेलबाड गर्ने उत्पादन भन्दै तत्कालीन समयमा वाणिज्य विभागले किन्लेलाई प्रतिबन्ध लगाएको थियो । पानीमै ढुसी परेको भएपनि पछी बोतलमा ढुसी परेको भन्ने देखाएर तत्कालीन वाणिज्य मन्त्रीलाई समेत बदनाम गर्ने प्रयास गरिएको थियो। तर कम्पनीले गरेको कुनै प्रयास पनि सफल नभएपछी अन्तत पानी उत्पादनमै प्रतिबन्ध लागेको थियो ।

यता ११ बर्षपछी पुन नेपाली बजारमा आएको किन्ले पानीको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच नायक राजेश हमाल, कोकाकोलाका लागि नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित मार्शनेले संयुक्त रुपमा विक्री प्रारम्भ भएको घोषणा गरेका छन् ।  कार्यक्रममा बोल्दै नायक हमालले नेपालमा उत्पादन हुने बोटल पानी मध्ये ७५ प्रतिशत पानी दुषित हुने गरेको तथ्याङ्क रहेको भन्दै ब्राण्ड हेरेर मात्र पानी उपभोग गर्नुपर्ने बताए । उनलाई आफुले विक्री आरम्भ गरेको पानीको इतिहास समेत थाहा नपाएको जसरी कार्यक्रममा प्रस्तुत भएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्