दाङ- राप्रपाबाट टिकट पाइने लोभले एमाले छिरेकी कोमल ओलीले एमालेले पनि टिकट नदिएपछि स्वतन्त्र उम्मेद्वारी दिएकी थिइन् । तर उनले आफ्नो उम्मेद्वारी फिर्ता लिएकी छिन् ।
हार्ने निश्चित भएपछि उनले उम्मेद्वारी फिर्ता लिएको बुझिएको छ । केहि समयअघि उनले आफ्ना १२००० आफन्त भएकाले आफ्नो जीत निश्चित भएको बताएकी थिइन् । तर उनले उम्मेद्वारी फिर्ता लिएसँगै उनको राजनीतिक भविष्य पनि सकिएको टिप्पणी हुन थालेको छ ।