
एजेन्सी – एसिया भ्रमणको क्रममा दक्षिण कोरिया पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई गम्भीर चेतावनी दिएका छन् । दक्षिण कोरियाली संसदमा सम्बोधन गर्दै ट्रम्पले उत्तर कोरिया ‘नर्क’ भएको अभिव्यक्ति दिए ।
‘तिमीले जम्मा गरिरहेको हतियारले तिमीलाई सुरक्षित बनाइरहेको छैन,’ ट्रम्पले किम जोङ उनलाई लक्षित गर्दै भने, ‘ती हतियारले तिम्रो शासनलाई गम्भीर खतरा उत्पन्न गरिरहेका छन् ।’
‘तिमीले यो अँध्यारो मार्गमा चालेको प्रत्येक कदमले तिमीमाथि नै जोखिम उत्पन्न गरिरहेको छ,’ ट्रम्पले थपे ।
ट्रम्पले उत्तर कोरियाको अवस्था वर्तमान नेता किम जोङ उनका हजुरबुबा किम इल सुङले सपना देखेजस्तो नभएको पनि दाबी गरे ।
‘उत्तर कोरिया तिम्रो हजुरबाले सपना देखेजस्तो स्वर्ग होइन, यो कुनै पनि व्यक्ति रहन लायक नरहेको नर्क हो,’ उनले भने । उनले कोरियाली युद्धपछि दक्षिण कोरियाको प्रगतिको प्रशंसा गरे ।
‘दक्षिण कोरिया जति बढी सफल हुन्छ, त्यति नै बढी सफलतापूर्वक उत्तर कोरियाली शासनको मुटुमा रहेको कालुषित स्वैरकल्पनालाई नोक्सान पुर्याउन सकिन्छ,’ ट्रम्पले थपे ।
उनले चीन र रुससहित विश्व समुदायलाई नाकाबन्दीमा थप कडाइ गरेर उत्तर कोरियामाथि अझ दबाब सिर्जना गर्न पनि आग्रह गरे । उनी आजै चीन पुगेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्