Skip to content
LAXMI SUNRISE BANK

‘विप्लवलाई मासु पसल खोलेर बस’ भनेको केहि दिनपछी ओलीकै घरमा पड्कियो बम ! के सोच्दै होलान् ओली ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
झापा- नेकपाका महासचिव विप्लवलाई काटमार गर्न मन भए मासु पसल खोलेर बस्न आग्रह गरेको केहि दिनपछी ने पा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा बम पड्किएको छ शनिबार बिहान करिब ४ बजे बम विष्फोट भएको छ । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै झापाका प्रहरी उपरीक्षक विष्णु केसीले ओलीको घरमा बम बिष्फोट भएको पुष्टी गरेका छन् ।
‘विष्फोटबाट समान्य क्षति भएको छ । त्यस्तो ठुलो केहि होइन । बम पड्काउनेहरुलाई हामीले खोजीरहेका छौं । उनीहरु कानुनबाट भाग्न पाउँदैनन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक विष्णु केसीले भने । बम पड्काउने को थिए भन्ने एकिन नभएपनि विप्लव नेतृत्वको नेकपाले उक्त बिस्फोट गराएको शंका गरिएको छ । घटनापछी विप्लवका कार्यकर्तालाई समेत प्रहरीले खोजीरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK