
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- संयुक्त बाम गठबन्धनले लतितपुरको लगनखेलमा आयोजना गरेको जिल्लास्तरिय चुनाव सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्न सुरु गर्दैगर्दा बम विस्फोटको आवाज आएपछि केपी ओली कति डरपोक रहेछन् भन्ने खुल्यो । बम पड्काएको भन्दै नेकपाका महासचिव विप्लवलाई कहिले मासु पसल खोल्न सुझाव दिने त कहिले राजा हुन सुझाव दिने ओलीले लगातार तीनओटा बम विस्फोटको आवाज आएपछि मञ्चमा रहेकी माओवादी केन्द्रकी नेतृ तथा ललितपुरबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसालतिर हेरेर ओलीले बोल्न छोडेर कति टाढा हो ? भनेर सोधेका थिए ।
ओली झन् डराउलान् भनेर जवाफमा भुसालले टाढौ हो भनेपछि ओलीले सम्बोधन जारी राखे । तर बम विस्फोट सभा स्थलबाट करिब पाँच सय मिटर टाढा थियो । चुनावी सभाबाट नजिकै रहेको नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालय अगाडि गराइएको विस्फोटबाट ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटका कारण जमिन गहिरो खाल्डो परेको छ । अज्ञात समूहले गराएको उक्त विस्फोटले कार्यक्रममा सहभागीहरुबीच केही बेर भागदौड मच्चिएको बताइएको छ ।
वातावरण शान्त भएपछि सुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले ओलीले आक्रोसित हुँदै जनताका प्रतिनिधि चुन्न चुनाव नगराएर अरु के गर्ने ? उनको अर्को प्रश्न थियो, बम पड्काउनेलाई राजा बनाउनु पर्ने हो ? भन्दै बम विस्फोट गराउनेलाई प्रश्न गरेका थिए । ओलीले यस्ता साना तिना विस्फोटबाट चुनाव नरोकिने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्