
नवलपरासी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको चुनाव मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि अत्यावश्यक भएकाले माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको बताएका छन् ।
बुधबार नवलपरासीको चोरमारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको नेतृत्वले मुलुकले निकास पाउन नसकेपछि कम्युनिष्ट शक्ति एक भएर मुलुकको विकास अगाडि बढाउन चुनाव लगत्तै पार्टी एकीकरण गरेर कम्युनिष्ट सरकरा गठन हुने दाबी गरे ।
आगामी चुनावमा वाम गठबन्धन अत्याधिक बहुमतले विजयी हुने जिकिर गर्दै आफ्ना नेता कार्यकर्तालाई विपक्षीले फिजाएका भ्रम फैलाउन गाउँ पस्न निर्देशन दिए ।
अन्य पार्टीले जनतालाई भ्रम सिर्जना गरेर आफूतर्फ आकर्षित गर्न खोजेको भन्दै भ्रममा नपरी वाम गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । ओलीले विभिन्न पार्टी परितयाग गरेर एमाले प्रवेश गरेका व्यक्तिलाई पार्टी सदस्यता दिएर स्वागत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्