
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आफ्नो नाममा स्पष्टिकरण दिन भन्दै पठाएको पत्रको बारेमा ‘किन काटेको थाहा नभएको’ टिप्पणी गरेका छन् ।
बुधबार झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे ! किन काटेको थाहा छैन ।’
ओलीले पत्रपत्रिकामा आएको विज्ञापन बारे आफूलाई जानकारी नभएको बताए । ‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, ओलीले भने, ‘यद्यपि, त्यस विषयमा पार्टीले आयोगलाई जवाफ दिइसकेको छ ।’
आफू आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति नभएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै ओलीले भने, ‘म कांग्रेसको अध्यक्ष हुँ र ? आचारसंहिता उल्लङ्घन गर्न ? म त एमाले अध्यक्ष पो हुँ !’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्